ABOUT BBC
बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारीखमा शुरू भएको हो।
हामी नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे नेपालकाका झण्डै २५० वटा एफएमका फ्रिक्वेन्सीहरुमा देश-विदेशका समाचार, विचार र विश्लेषणहरु लिएर उपस्थित हुने गर्दछौं।
आरम्भ
शुरूका वर्षहरूमा नेपाली सेवा लण्डनमा पढ्न या तालिम लिन गएका नेपालीहरूबाट संचालन हुने गर्दथ्यो।
त्यतिबेला साप्ताहिक समाचार तथा घटना समीक्षाको रुपमा प्रसारित नेपाली कार्यक्रमको मुख्य स्रोता हंगकंगमा कार्यरत ब्रिटिश गोर्खा सैनिकहरु हुन्थे।
तत्कालीन विद्यार्थी र पछि उत्तरी आयरलण्डको एउटा विश्वविद्यालमा लामो प्राध्यापन गरेर हाल अवकाशप्राप्त जीवन विताइरहेका पुरन अग्रवाल १९६९ को जून ७ तारीखमा शुरु भएको नेपाली सेवाको पहिलो प्रस्तोता थिए।
विकास
१९६९ मैं, त्यतिबेला रेडियो नेपालमा कार्यरत तथा चलचित्र निर्माण अध्ययन गर्न लण्डन पुगेका यादव खरेल पनि नेपाली सेवामा संलग्न भए।
तर खरेलले अध्ययन पुरा भएपछि काठमाण्डू फर्किने निर्णय लिएकाले, उनले नेपाली सेवा प्रशारणको जिम्मा सन् १९७१ मा मणी राणालाई सुम्पिए, जो रेडियो नेपालबाट तालिमकै सिलसिलामा लण्डन गएका थिए।
१९८० को दशकको शुरुतिरदेखि बीबीसी नेपाली सेवामा विविधताहरु थपिन शुरु भयो र क्रमश: प्रसारण समय बढदै हप्तामा पांच अनि सात दिन भयो।
राणाले वरिष्ठ उत्पादकका रुपमा सन् २००३ मा स्वेच्छिक अवकाश लिएका थिए।
सन् १९७९ मा खगेन्द्र नेपालीलाई बीबीसीले नेपाली सेवामा सहायक कार्यक्रम उत्पादकका रूपमा काम गर्नका लागि चयन ग-यो।
त्यसपछि वरिष्ठ कार्यक्रम उत्पादक र पछि नेपाली सेवाको प्रमुखको रुपमा सो सेवाको नेतृत्व गरेका उनले सन् २००६ मा अवकाश पाएका थिए।
हरेक ऐतिहासिक घटनाका बेला आईपर्ने सबै चुनौतीहरु भन्दा माथि उठ्ने प्रयास गर्दै नेपाली सेवाले तथ्यपूर्ण र वस्तुपरक समाचारका साथसाथै तिनको पृष्ठभूमी र तिनबारे विश्लेषणहरु प्रस्तुत गरिआएको छ।
त्यसैको परिणाम हुनुपर्छ, नेपाली सेवा नेपाल तथा संसारभरीका नेपाली भाषी स्रोता माझ बढ्दो रूपमा लोकप्रिय रहिआएको छ।
सन् २००९ जनवरीमा भएको स्रोता सर्वेक्षण अनुसार नेपालभित्र नेपाली सेवाका ५२ लाख स्रोता रहेका छन्।
नेपाल बाहिर लाखौं स्रोताले इन्टरनेटमा नेपाली सेवा सुन्ने गर्दछन्।
नेपाली सेवा परिवार
बीबीसी नेपाली सेवाको लण्डन तथा काठमाण्ड्रमा कार्यालयहरू छन्।
नेपाली सेवाका संपादक रवीन्द्र मिश्र काठमाण्डूमा र डेस्क संपादक सुमन खरेल लण्डनमा कार्यरत छन्।
साथै कार्यक्रम उत्पादकद्वय नविनसिहं खड्का तथा भगिरथ योगी लण्डनमैं रहेर काम गर्दछन्।
काठमाण्डूमा कार्यक्रम उत्पादक जितेन्द्र राउत तथा संवाददाताहरू शरद केसी, सुरेन्द्र फुयाँल, सञ्जय ढकाल, रमा पराजुली, बिमल गौतम र जोन नारायण पराजुली कार्यरत छन्।
काठमाण्डूमैं कार्यरत कल्पना ढकाल मूल रुपमा हाम्रा स्रोता तथा एफएम साझेदारहरूसँगको सम्वन्धलाई हेर्दछिन्।
हाम्रा कला समाचारदाता नवराज लम्साल हुन् भने निरञ्जन राजवंशी हाम्रा खेलकुद समाचारदाता हुन्।
त्यसैगरी देशका विभिन्त क्षेत्रमा कार्यरत हाम्रा समाचारदातामा उमाकान्त खनाल (झापा), सीता निरौला (ताप्लेजुङ), विक्रम निरौला (विराटनगर), सीता मादेम्बा (धरान), सुजाता तामाङ् (सोलुखुम्वु), बृजकुमार यादव (जनकपुर), ईश्वर जोशी (नारायणगढ), नारायण कार्की (पोखरा), माधव नेपाल (बुटवल), बसुन्धरा गौतम (दाङ), नेत्र केसी (नेपालगञ्ज) हरिदेवी रोकाया (जुम्ला) र उमिद बागचन्द (महेन्द्रनगर) रहेका छन्।
No comments:
Post a Comment