LISTEN NEPAL FM 91.8MHz ONLINE - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

LISTEN NEPAL FM 91.8MHz ONLINE

Share This


नेपाल एफएम 91.8 नयाँ नेपालको समावेसी रेडियो
Nepal FM 91.8 Socially inclusive radio of new Nepal
नेपाल एफएमको औपचारिक प्रसारण विक्रम सम्वत् २०६१ साल मङ्सिर १८ गते अर्थात् इस्वी सम्वत् 03 Dec 2004 का दिन भएको हो । तत्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउबाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर काठमाडौँमा आयोजित एक भव्य समारोहबीच कलसाइन प्रसारण गरी नेपाल एफएमको उद्घाटन गर्नुभएको हो। कम्पनी रजिष्टारको कार्यालयमा दर्ता नं. २५०७७/०६०/०६१ रहेको रेन्वो एफएम प्रा.लि. नामको प्राइभेट लिमिटेड कम्पनीले राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नेपाल सरकारबाट एफएम रेडियो सञ्चालन गर्ने इजाजत पत्र नं. १०५/०६०/०६१ प्राप्त गरी सञ्चालन गरेको रेडियो स्टेसनको बोलाउने नाम (कलसाइन) नेपाल एफएम 91.8 हो ।

त्यस बेलासम्म देशभर विभिन्न स्थानमा स्थापना भई प्रसारणमा रहेका विभिन्न १४ स्वतन्त्र एफएम रेडियोसंग नेपाल एफएमले नेटवर्क स्थापना गरी आवश्यक्ताअनुसार एक साथ र अलग अलग प्रसारण गर्न सकिने प्रबन्ध मिलाएर नेपालको पहिलो स्वतन्त्र राष्ट्रिय नेटवर्क रेडियो स्टेसन स्थापना गरेको हो । अहिले नेपाल एफएम नेटवर्कमा ७१ वटा स्वतन्त्र रेडियो स्टेशनहरू आवद्ध छन् ।
नेपालभर प्रसारण हुने समाचार र कार्यक्रमहरूलाई नेपाल एफएम नेटवर्कको परिचय दिइएको छ, भने काठमाडौँमा मात्र प्रसारण हुने समाचार र कार्यक्रमहरूलाई नेपाल एफएम 91.8 परिचयका साथ प्रसारण प्रवन्ध गरिएको छ ।
नेपाल एफएम विधिवत प्रसारणमा आएको दुइ महिनापछि अर्थात् २०६१ माघ १९ गते त्यस बेलाका राजा ज्ञानेन्द्रले राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । ज्ञानेन्द्रले राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएको घोषणा गरिरहेकै बेला स्वतन्त्र रेडियो स्टेसनहरूमा सशस्त्र सैनिक र प्रहरी पठाएर समाचार, विचार र सूचनामूलक कार्यक्रमहरूको प्रसारण रोक्न लगाए । गीतसङ्गीतसमेत उनीहरूको छनोटमा बजाउनु पर्ने स्थिति निर्माण गरियो । त्यस बेला नेपाल एफएममा १९ जना सशस्त्र सैनिक १५ दिनसम्म तैनाथ गरिएको थियो ।
नेपाल एफएमको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउबाका अङ्गरक्षकको रुपमा आएका शाही सैनिक ज्ञानेन्द्रको हुकुम तामेल गर्न नेपाल एफएम खटाइएका सैनिकहरूका कमाण्डर बनेर आएका थिए ।
नेपाल एफएमका सञ्चालक, व्यवस्थापक, पत्रकार एवम् कर्मचारीहरू ज्ञानेन्द्रको निरङ्कुश शासनको विरुद्ध आन्दोलित थिए । फलस्वरुप नेपाल एफएम स्वतन्त्र रेडियो बचाउ आन्दोलन, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन, नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको पे्रस स्वतन्त्रताको आन्दोलन लगायत निरङ्कुशता विरुद्ध भएका जुनसुकै आन्दोलनमा प्रत्यक्ष सामेल भयो ।
नेपाल एफएमले शाहीआदेश अवज्ञा गरी समाचार प्रसारण गरेर आफैँ विद्रोह उत्रियो । शाही सरकारले नेपाल एफएमको इजाजत खारेज गर्न कारबाही चलायो । नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक उपभोग गराउनु आफ्नो कानुनी कर्तव्य भएको जिकिर गर्दै नेपाल एफएमले सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्च अदालतले नेपाल एफएमलाई कारवाही नगर्नु भन्ने अन्तरिम आदेश दियो । सर्वोच्च अदालतले नेपाल एफएमलाई अन्तरिम आदेश दिएपछि देशभरका अरु रेडियोहरूले पनि समाचार प्रसारण गरेका थिए । यस कदमले शाही सरकार झन कम्जोर हुन पुग्यो, आन्दोलनले बल प्राप्त गर्‍यो । नेपाल एफएमले गरेको विद्रोहमा नागरिक समुदाय र राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका थिए ।
नेपाल एफएम महान् जनआन्दोलन २०६२/०६३ उठाउन महत्वपुर्ण भूमिका खेल्ने सञ्चारमाध्यम हो । नेपाल एफएम जनआन्दोलनको रेडियो हो । देशभर भएका आन्दोलनको समाचार दिने, आन्दोलनकारी राजनीतिक दलका नेता, बुद्धिजीवी र आमनागरिकको विचार प्रस्तुत गर्नेदेखि आन्दोलनबाट प्रत्यक्ष प्रसारण गर्ने, सडकबाटै समाचार प्रसारण गर्ने काम गरेको कारण त्यस बेला आन्दोलनमा होमिएका नागरिकहरू लाउड स्पिकरमा नेपाल एफएम बजाएर सडकमै बोकी हिँड्थे ।
धेरै मानिसहरू र राजनीतिक दलले संवैधानिक राजतन्त्रको कुरा गरिरहेको बेला नेपाल एफएमले आफूलाई गणतन्त्रको पक्षमा उभ्यायो । राज्यले सङ्घीयता र समावेशीको कुरा सुरु गर्नुअघिनै नेपाल एफएमले आफूलाई नयाँ नेपालको समावेशी रेडियोको रुपमा प्रस्तुत गराइसकेको थियो ।
समय सँगसँगै नेपालमा ठूला ठूला परिवर्तनहरू भएका छन् । नेपालीहरू रैतीबाट प्रजा, प्रजाबाट जनता, जनताबाट नागरिक र नागरिकबाट अहिले आफैँ यो देशका मालिक भएका छन् । विशेषगरी दशबर्षे जनयुद्ध र २०६२-०६३ को महान ऐतहासिक जनआन्दोलनपछि नेपालीहरूको आत्मसम्मान, ज्ञान र चेतनाले अभुतपुर्व फड्को मारेको छ । नेपाल अहिले नयाँ युगको नयाँ इतिहास निर्माण सङ्घारमा उभिएको छ । आम नेपालीहरूमा देखापरेको जागरुकता र चेतनाको यो वर्तमान अवस्था सिर्जनामा नेपालका स्वतन्त्र रेडियोहरूले अभुतपुर्व भूमिका खेलेका छन् । नेपाल एफएम 91.8 यस्तो भूमिका खेल्ने रेडियोहरू मध्येको एक अगुवा रेडियो स्टेसन हो । सूचना शक्ति हो । सूचना नै ज्ञान र शिक्षाको आधार हो । नेपालको सन्दर्भमा सूचना, ज्ञान र शिक्षालाई अहिलेको अहिले आम नेपालीबीच पुर्‍याउने शक्तिशाली र प्रभावकारी माध्यम रेडियो हो, भन्ने विश्वासका साथ नेपाल एफएमको स्थापना गरिएको हो ।
नेपाल एफएमका निम्ति एफएम रेडियो भनेको "हल्का फुल्का मनोरञ्जन र गाना बजाना" को साधन मात्र होइन । सस्ता विज्ञापनको माध्यमबाट पैसा कमाउने उद्यम मात्र पनि होइन । नेपाल एफएमको निम्ति रेडियो गहनतम सामाजिक उत्तरदायित्व निर्वाह गर्दै, समावेशी, आधुनिक, सम्पन्न र ज्ञानमा आधारित नयाँ नेपाल निर्माणमा ठोस सहयोग पुर्‍याउने माध्यम हो । यो आवाजविहीनहरूको आवाज हो ।
नेपाल एफएमले आफनो सबै क्षमता, अनुभव, ज्ञान तथा कौसलहरूलाई नयाँ नेपालको नयाँ समावेसी रेडियो स्टेशनको रुपमा आफूलाई रुपान्तरित गर्न लगाइरहेको छ । समग्रमा नेपाल एफएम 91.8 एउटा फरक विशिष्ट रेडियो स्टेशन हो ।
नेपाल एफएम नेटवर्क
नेपाल एफ एम 91.8 नीति निर्माण थलो अर्थात् राजधानी रहेको काठमाडौँ उपत्यकामा प्रसारण केन्द्रित भएको रेडियो स्टेशन भए पनि यो देशव्यापी रुपमा प्रसारण पहुँच भएको नेटवर्क रेडियो स्टेशन हो ।
काठमाडौँ उपत्यका बाहिर नेपालका विभिन्न स्थानमा स्थापना भएर सञ्चालनमा रहेका स्वतन्त्र रेडियोहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध स्थापना गरी रेडियो कार्यक्रम आदान-प्रदान गर्न स्याटलाईट प्रविधिको प्रयोग गरी नेटवर्क निर्माण गरेर आफ्ना समाचारहरू र सान्दर्भिक कार्यक्रमहरू स्थानीय रेडियो स्टेशनहरू मार्फत प्रसारण गर्ने र स्थानिय रेडियोहरूले उत्पादन गरेका समाचार र सान्दर्भिक कार्यक्रमहरू देशभर फैलाउने कार्य गर्दछ । नेपाल एफएम नेटवर्क नेपालको पहिलो दोहोरो सञ्चार प्रणाली हुनुका साथै स्थानीय समाचार र विषयवस्तुहरू राष्ट्रियकरण गर्ने पहिलो संयन्त्र पनि हो । नेपाल एफएमले आफ्नो स्थापनाकाल अर्थात २०६१ देखिनै नेटवर्क रेडियो स्टेशनको रुपमा निरन्तर कार्य गर्दै आइरहेको छ । नेपालको प्रायः सबै भूभाग र नागरिक माझ नेपाल एफएम नेटवर्कको पहुँच स्थापना भैसकेको छ ।
अनलाइन रेडियो स्टेसन
नेपाल एफएम 91.8 स्थापनाकालदेखि नै चौबीसै घण्टा अनलाइन प्रसारणमा रहेको छ । www.nfm.com.np, www.mazzako.com, www.nepalnews.com लगायत विभिन्न लिङ्कहरू मार्फत प्रत्यक्ष सुन्न सकिन्छ । संसारभर रहेका नेपाली र नेपालप्रति चासो र सरोकार राख्नेले नेपाल एफएममा प्रशस्त सहभागिता जनाउने गरेका छन् । महान् जनआन्दोलन २०६२/०६३ र त्यसपछि नेपाल बाहिर विभिन्न मुलुकमा बस्ने नेपाली माझ नेपाल एफएम सर्वाधिक लोकप्रिय बनेको छ । अनलाइन स्रोताको भनाइमा नेपाल एफएमका कारण उनीहरूलाई धेरै टाढा बसेर पनि नेपालमै रहे जस्तो अनुभूति हुनाको साथसाथै नेपालबाट सूचना पाउने, नेपालमा आफ्नो विचार सम्प्रेषण गर्ने र नेपालको आमूल परिवर्तन अभियानमा सहभागी हुने अवसर नेपाल एफएमले जुटाइदिएको छ ।
Nepal FM Live
टेलिफोनवाट समाचर
नेपालभर तपाई जहाँ हुनुभएपनि तपाईको मोवाईल फोन वा तारफोनवाट तपाईले चाहेको समयमा नेपाल एफएमको समाचार सुन्न सक्नु हुनेछ । टेलिफोनमा १६१८ ०७०७ ५५५५५ डायल गर्ने वित्तिकै तपाईले ताजा खवर सुन्न सक्नुहुने छ ।
नेपाल एफएमका कार्यक्रमहरू
नेपाल एफएम मूलतः समाचार र समसामयिक विषयप्रधान रेडियो स्टेशन हो । समाचार र समाचारमूलक कार्यक्रमहरू नेपाल एफएम 91.8 को पहिलो प्राथमिकतामा पर्दछ । हरेका घण्टा-घण्टामा प्रसारण गरिने समाचार बुलेटिन बाहेक महत्वपुर्ण र ठूला घटनाको तत्कालै जानकारी दिन यसले "समाचार फ्ल्यास" समेत प्रसारण गर्ने गर्दछ । नेपाल एफएमले हरेक दिन २० वटा भन्दा धेरै समाचार बुलेटिन प्रसारण गर्दछ ।
नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई नै लोकतन्त्रको आधार ठान्ने नेपाल एफएम 91.8 ले समाचारपछि समाचार-समीक्षा र विचारोत्तेजक छलफललाई त्यत्तिकै महत्व दिँदै- समाचार समीक्षाका कार्यक्रमहरू सञ्चालन गर्दैआएको छ । साथमा नागरिक सरोकारका विभिन्न विषयका धेरै कार्यक्रमहरू रहेका छन् ।
आर्थिक विकास र न्यायोचित वितरणसम्बन्धी कार्यक्रम
नेपाल एफएम 91.8 नेपालमा आर्थिक सामाजिक रुपानतरणको निम्ति समर्पित रेडियो स्टेसन हो । उद्योग, व्यापार, बित्त, सेवा व्यवसाय, पर्यटन, कृषि, जलविद्युत र अन्य ऊर्जालगायत आर्थिक क्षेत्रका विषयहरूमा हरेक दिन बिहान ८:१५ देखि ९:०० बजेसम्म अर्थको सेरोफेरो, बिहान ९:१५ देखि १०:०० बजेसम्म सहकारी, र हरेक दिन राति ८:३० देखि ९:०० वजे सम्म कृषि कार्यक्रम श्रृङ्खलामार्फत आर्थिक विकास र न्यायोचित वितरणसँग सम्बन्धित यावत विषयहरू समेटेर रेडियो कार्यक्रम उत्पादन प्रसारण गर्ने गरिएको छ । नेपाल एफएमका यी कार्यक्रमहरूमा प्रसस्त सहभागिता रहने गरेको छ । यी कार्यक्रमहरूका अतिरिक्त नेपाल एफएमले आफ्नो सभा कक्षमा सम्वन्धित क्षेत्रका सरोकारवालाहरूलाई बोलाएर छलफल कार्यक्रमहरू आयोजना गरी नीति निर्माणमा वकालत गर्ने गरेको छ ।
गीत सङ्गीत
समाचार, समाचार समीक्षा तथा सार्वजनिक हित र सरोकारका कार्यक्रमहरू प्रसारण नभएको समयमा नेपाल एफएम 91.8 वबाट गीत सङ्गीत प्रसारण भइरहेको हुन्छ । देशका विभिन्न क्षेत्र संस्कृतिको प्रतिनिधित्व गर्ने लोकगीत, विभिन्न कालखण्डको प्रतिनिधित्व गर्ने आधुनिक गीत र गीत सङ्गीतका अन्य विधाहरू नेपाल एफएम 91.8 ले समेट्ने गरेको छ । राम्रा गीत सङ्गीतको छनौटका निम्ति सङ्गीतविज्ञ जनशक्तिको विशेष व्यवस्था नेपाल एफएम 91.8 ले गर्ने गरेको छ।
सेवा वा वस्तु प्रवर्द्धनको अद्वितीय माध्यम
छोटो समयमा स्रोताहरूबीच नेपाल एफएम 91.8 ले बनाएको ठाउँ, लोकप्रियता र प्राप्त गरेको अधिकारिता सम्बन्धमा जानकारी राख्ने जोकसैले भन्न सक्छ - नेपाल एफ एम 91.8 मार्फत सेवा वा वस्तुको प्रवर्द्धन वा विज्ञापन स्वयम्मा एक अवसर हो ।
काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा बस्ने करिव ५५ लाख जनसङ्ख्याबीच आफ्नो तरङ पुर्‍याएको नेपाल एफएम विज्ञापन, सूचना सम्प्रेषण र जनचेतना अभिबृद्धिको निम्ति अद्वितीय माध्यम हो ।
नेपाल एफएमले देशभरका ६५ भन्दा धेरै स्थानीय रेडियोसँग नेटवर्क गरी विज्ञापनको निम्ति राष्ट्रिय च्यानल निर्माण गरेको छ । देशभर प्रसारण हुने कार्यक्रममा निर्धारित समयमा प्रसारण गरिएको सूचना, विज्ञापन वा सञ्चार सामग्री देशभरका प्रायः सवै नागरिकले सुन्न सक्छन् । नेटवर्क रेडियोका स्रोताहरू जोडेर हुनआउने स्रोतासङ्ख्या लगभग पूरै नेपाली र संसारभर जुनसुकै स्थानमा बसोवास गर्ने व्यक्तिले अनलाइनमा पनि सुन्न सक्छन् । कतिपय केवल टेलिभिजन सञ्चालकहरूले नेपाल एफएम स्याटलाईटबाट डाउनलोड गरेर टि.भी.सेटमा पनि सुन्न सकिने व्यवस्था मिलाएका छन् । सचेत विज्ञापनदाता, राष्ट्रिय जनचेतना अभियानका अभियन्ता, लगायत मिडियाको आवश्यक्ता पर्ने जोसुकै व्यक्ति वा संस्थालाई पुरानो सोच त्यागेर प्राप्त अपुर्व अवसर उपभोग गर्न हामी अनुरोध गर्दछौँ ।
हामी यो पनि जानकारी गराउँदछौँ कि यति ठूलो अवसरको निम्ति लाग्ने लागत निकै थोरै अवसरको निम्ति गरिँदै आएको खर्च भन्दा पनि निकै थोरै छ ।
नेपाल एफएमको विज्ञापन विभागले तपाईंलाई काठमाडौँ वा चाहेको जुनसुकै स्थानीय क्षेत्रको निम्ति स्थानीय रेडियो र आवश्यक परेको स्थानीय मिडियाबाट विज्ञापन गर्ने सबैभन्दा सानो इकाईको काम, कुनै जिल्ला, अञ्चल वा विशेष क्षेत्रको निम्ति आवश्यक मिडिया परिचालनदेखि नेपालका प्रायः सबै रेडियो र मिडियाहरूबाट व्यावसायिक सेवा लिन व्यावसायिक परामर्श र सेवा प्रदान गर्ने कामसमेत गर्दछ ।

सामाजिक समावेसीकरणका निम्ति कार्यक्रम
लामो समयदेखि नेपाली समाजमा रहेको सामाजिक समावेसीकरणको समस्याहरूतर्फनीति निर्माण र निर्णय तहको ध्यान आकषिर्त गर्न नेपाल एफएम 91.8 ले सामाजिक समावेसीकरणसम्बन्धी कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
यसका निम्ति आदिवासी जाजाति, दलित, मधेसी, पछाडि परेका भौगोलिक क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ उठाउन विशेष कार्यक्रमहरू सञ्चालन गरिएको छ । हरेक दिन साँझ ६:३० बजेदेखि ७:०० सम्मको प्राइम टाईममा आवाज कार्यक्रम श्रृङ्खलाअन्तर्गत यी विषयहरू उठाइन्छ ।
कार्यक्रमका अतिरिक्त नेपाल एफएम 91.8 ले आफ्नो सभाकक्षमा यी विषयमा सरोकारवालाहरूलाई बोलाएर छलफल कार्यक्रमहरू आयोजना गरी नीति निर्माणमा वकालत गर्ने गरेको छ ।
महिला सम्बन्धी कार्यक्रम
नेपाल एफ एम 91.8 महिला प्रति हुने भेदभाव, हिंशा र नेपाली समाजमा रहेको पिर्त सतात्मक सोच देशलाई पछौटे तुल्याउने प्रमुख कारण हो भन्ने ठान्दछ । त्यसैले, नेपाल एफ एम 91.8 महिला संवेदनशील रेडियो स्टेसन हो । दैनिक, साप्ताहिक, विषयगत गरी महिला अधिकार र सशक्तिकरणका मुद्घाहरुलाई उच्च प्राथमिकता दिनु नेपाल एफएम 91.8 आफनो दायित्व ठान्दछ ।
सबै उमेर समूहका निम्ति कार्यक्रम
नेपाल एफएम 91.8 ले कार्यक्रम डिजाइन गर्दा सबै उमेर समूह, सबै पेशागत समुदायतर्फ लक्षित केही न केही कार्यक्रम रहने गरी डिजाइन गर्नेतर्फध्यान पुर्‍याउने प्रयत्न गरिएको छ ।
सार्वजनिक हित र सरोकारका कार्यक्रम
प्राकृतिक स्रोत साधनमाथि जनतनको अधिकार, जनस्वास्थ्य शिक्षा, साहित्य, उपभोक्ता हित लगायतका विविध सार्वजनिक हित र सरोकारका कार्यक्रमहरू नेपाल एप एम 91.8 ले सञ्चालन गर्दै आएको छ ।
काठमाडौँ बाहिरको आवाज काठमाडौँमा
काठमाडौँमा तयार गरिएका समाचार र कार्यक्रमहरू काठमाडौँ बाहिर पुर्‍याउने सञ्चारमाध्यम प्रसस्त भए पनि काठमाडौँ बाहिरका समाचार काठमाडौँमा महत्वका साथ तुरुन्त सम्प्रेषण गर्ने माध्यम नभएको महशुस गरेर नेपाल एफएम 91.8 ले स्थापनाकाल अर्थात् २०६१ देखि नै हरेक दिन काठमाडौँ बाहिरका समाचार र घटनाहरू स्थानीय रेडियोहरूको सहयोगमा समेटेर प्रत्यक्ष समाचार कार्यक्रम प्रसारण गर्ने गर्दछ ।
रेडियो स्टेशन स्थापना, जनशक्ति विकास र कार्यक्रम निर्माणमा सहयोग
नेपाल एफएम 91.8 नियमित कार्यक्रम प्रसारण गर्ने काम बाहेक देशका विभिन्न ठाउँमा उपयुक्त हुने गरी रेडियो स्टेसन डिजाइन गर्ने, रेडियो स्टेसन स्थापना गर्ने, सञ्चालन गर्ने, कार्यक्रम निर्माण गर्ने, बजार व्यवस्थापन गर्ने लगायतका कार्यहरूमा समेत सहयोग पुर्‍याउने गर्दछ । २० भन्दा धेरै रेडियो स्टेसनमा नेपाल एफएमले यस्तो सेवा दिइसकेको छ ।
गीत-सङ्गीत
समाचार, समाचार समीक्षा र सार्वजनिक हित र सरोकारका कार्यक्रमहरु प्रसारण नभएको समयमा नेपाल एफएम 91.8 बाट गीत-सङ्गीत प्रसारण भइरहेको हुन्छ । देशका विभिन्न क्षेत्र संस्कृतिको प्रतिनिधित्व गर्ने लोकगीत, विभिन्न कालखण्डको प्रतिनिधित्व गर्ने आधुनिक गीत र गीत सङ्गीतका अन्य विधाहरुलाई नेपाल एफएम 91.8 ले समेट्ने गरेको छ । राम्रा गीत-सङ्गीतको छनोटका निम्ति सङ्गीतविज्ञ जनशक्तिको विशेष व्यवस्था नेपाल एफएम 91.8 ले गर्ने गरेको छ ।
नेपाल एफएम नेटवर्क स्टेसन
नेपाल एफएम 91.8 मूलतः काठमाडौँ उपत्यकामा प्रसारण केन्द्रित भएको रेडियो स्टेशन भए पनि यो देशव्यापीरुपमा प्रसारण पहुँच भएको रेडियो स्टेशन हो । नेपाल एफएम काठमाडौँबाहिर नेपालका विभिन्न भागमा भू-उपग्रह प्रसारण प्रणाली तथा इन्टरनेटमार्फ उपलब्ध छ । चौबीसै घण्टा प्रसारणमा रहने नेपाल एफएम 91.8 www.nfm.com.np मा गएर संसारको कुनै पनि कुनामा सुन्न सकिन्छ । नेपाल एफएम 91.8 का समाचार बुलेटिन र विभिन्न कार्यक्रमहरु समय-समयमा नेपालका ५९ वटा रेडियो स्टेसनहरुबाट देशका प्रायजसो ठाउँहरुमा प्रसारित हुने गर्दछ

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here