सफलताको रहस्य: श्रम - भाग १ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सफलताको रहस्य: श्रम - भाग १

Share This

श्रम भन्नाले सामान्यतया कामलाई बुझाउँछ | श्रमलाई विभिन्न पुस्तकमा विभिन्न तरिकाबाट परिभाषित गरेको पाइन्छ | अनलाइनमा wikipedia.org ले श्रमलाई यसरि परिभाषित गरेको छ :
Labour or Labor may refer to:
Employment
Employment of any kind
Manual labour, physical work done by people
Wage labour, delivery of services by person for payment


१५ बर्ष पुगिसकेका तर स्कूल छोड्न चाहिरहेका आफ्ना पुत्र चार्ल्सलाई ग्रे महाशयले आश्चर्य मान्दै सोधे -"आखिर किन तिमि बिद्यालय जान चाहंदैनौ ?'

चार्ल्सले उत्तर दिए-'मलाई पढाइप्रति वाक्क लागिसक्यो पिताजी ! आखिर पढेर कुनै फाइदा पनि त छैन ।'

पिताले सोधे - 'के तिम्रो बिचारमा तिमीले पढ्नु पर्दैन ?? तिमीले धेरै कुरा जानिसक्यौ त ?'

'हो मैले जर्ज(चार्ल्सको साथी, जसले तिन महिना अगाडी नै बिद्यालय छोडेको थियो)ले जति त अवश्य जानेको छु । उसले बिद्यालय छोडेको नै तिन महिना भैसक्यो | उसको पितासंगा प्रशस्त सम्पत्ति छ त्यसैले उसलाई पढिरहनु कुनै आबश्यकता छैन ।' चार्ल्सले उत्तर दियो ।

पिताले भने - 'त्यसो भए ठिक छ, भोलिदेखि तिमि बिद्यालय जानु पर्दैन ।'

चार्ल्स प्रशन्न भए पिताले अगाडी भने - 'तर एउटा कुरा राम्ररी बुझ यदि बिद्यालय नजाने हो भने तिमि काममा जानुपर्छ । म तिमीलाई बिनाकाम घरमा बस्नचाही दिन्न नि ।'

अर्को दिन बिहानै पिता आफ्नो पुत्रसंग सहरको कारागारमा गए त्यहाँ ग्रेका पुराना मित्रलाई थुनेर राखिएको थियो | दुई पुराना मित्रहरु मुखामुख हुनासाथ ग्रेले भने - 'तिमीसंग भेटेर धेरै खुसि लाग्यो मित्र ! तर तिमीलाई यस्तो रुपमा देख्दा भने मलाई सार्है दू:ख लागिरहेको छ ।'

बन्दीले भने - 'म आँफैँलाई पनि ज्यादै नरमाइलो महसुस हुन्छ तर म के गरूँ?'

फेरी बन्दीले केटो तर्फ हेर्दै भने - 'मेरो बिचारमा यो तिम्रो छोरो हुनुपर्छ ।'

'हो यो मेरो जेठो छोरा चार्ल्स हो । कुनै जमानामा हामी दुवै पनि यसकै उमेरका थियौ र संगै बिद्यालय जाने गर्थ्यौं । के तिमीले ति दिनका कुराहरु भुल्यौ ?'

'भुलेको त छैन, तर म चाहन्छु कि भुलीदिउँ ।' कैदी केहि समय मौन रहे ।

फेरी भने - 'कहिलेकाहीं सोच्छु कि यो एउटा सपना हो । र चाडै नै सपना टुट्ने छ । र म यथार्थको दुनियामा आउनेछु ।

ग्रे महाशयले भने - 'र तिमि धेरै कमजोर पनि भैसक्यौ । पछिल्लोपटक तिमीलाई भेट्दा तिम्रो स्वास्थ्य मेरोभन्दा राम्रो थियो । यसबीच तिम्रो स्वास्थ्य यति धेरै कसरि बिग्रियो ?'

कैदीले भने - 'दुईशब्दमा तिम्रो शंका मेटाउँछु । मेरो सत्यानाशको कारण मेरो बेकामी र खराब संगत हो । मेरो पढाईमा मन जादैन थियो । सोच्ने गर्थे धनि आमाबाबुका छोराले पढ्नलेख्न जरुरि छैन । मेरा पिताले मेरो लागि थुप्रै सम्पति छोडेर गएका थिए । त्यो सम्पतिको एक रुपियाँ पनि मैले आफैले कमाएको थिइनँ । त्यसैले त्यो सम्पतिको महत्व र मूल्य मैले बुझेको थिइनँ । उक्त सम्पति कमाउन कति परिश्रम गर्नुपर्यो होला, भन्ने मलाई रत्तिभर पनि अनुमान थिएन । यसरि मेरो सम्पूर्ण सम्पति खत्तम भयो र एकदिन मेरो घरमा फुटेको कौडी पनि बाँकी रहेन । रित्याउदै जाँदा कुवा पनि रित्तिन्छ । पैसा कमाउन त मैले जानेकै थिइनँ बसी-बसी सारा धन खान पुगें अब के गरूँ इमान्दारिताबाट कमाउन त मलाई आउदैनथ्यो । मलाई पैसा चाहियो, अनि बिनाश्रम पैसा कमाउने प्रयत्न गरें र यसको परिणाम तिम्रै सामु छ ।'

त्यसपछि कैदीले आफ्नो जेलजिवनको दिनचर्याबारे बताउन थाले ।

ग्रे महाशयले जेलरसंग सोधे - 'तपाई बन्दीहरुलाई सिप सिकाउनुहुन्छ कृपया अहिलेसम्म कति जना बन्दि प्रशिक्षण लिन सफल भए बताउनुहोस न ।'

जेलरले उत्तर दिए - 'दस जनामा एक जना पनि सफल भएनन् ।'

पिता र पुत्र जेलबाट फर्के । पिताले भने - 'मैले तिमीलाई अन्य केटाहरुले जस्तै तिमीले लेखपढ गर्नुपर्छ भन्दा तिमीले केहि बुझेनौ । अब तिमीले जेलमा देखेको कुराबाट बेकामिको दुष्परिणाम कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । दुनियाँले मलाई धनि व्यक्ति भन्छ र म त्यस्तो हुँ पनि । म तिमीलाई बुद्धिमान र होनहार बनाउन सबै अवसरहरु प्रदान गर्न सक्छु । तर मसंग तिमीलाई कुनै कामकाज बिना जिन्दगि काट्न सक्ने व्यक्ति बनाउने कुनै सामर्थ्य छैन । बेकामी पुत्रको पिताको दू:ख इश्वरले जान्दछ ।'

चार्ल्सले एक मिनेट सोचे । पिताका कुराले उनि निकै प्रभावित भए । र उनले भने - 'बुबा म सोमबारदेखि बिद्यालय जान्छु ।'

यस्तै एउटा प्रसङ्ग जेम्स एडम्सको छ सानो छँदा ल्याटिन व्याकरणदेखि निकै डराउँथे एकदिन उनले भने मा व्याकरण सम्झनै सक्दिन मा यो पढ्दिन

उनको बुबाले भने ठिकै छ जोन, तिमीले व्याकरण पढ्न छोडिदेउ र त्यसको सत्ता खेतमा काम गर, खेतको कुलेसो खन, जसबाट सम्पूर्ण खेतमा सिंचाई होस् |

अब जोन द्विविधामा फसे ल्याटिन व्याकरण पढ्न मन नलाग्ने कुरा उनले जति सजिलोसंग भने खेतमा काम नगर्ने कुरा उनले भन्न सकेनन | उनले बाबुको आज्ञा पालना गरे र पुरा दिन खेतमा काम गरिरहे | तर उनलाई खनजोत गर्न यति गाह्रो लाग्यो कि रातमा उनले भोलिदेखि ल्याटिन व्याकरण पढ्न जान्छु भनि प्रतिज्ञा गरे |

यस घटनाबाट बालकको मनमा ठुलो असर पर्यो र उनि निकै तनमनले पढ्न थाले, अनि उनि ठुलो विद्वान बने यहि व्यक्ति पछी गैर अमेरिकी क्रान्तिको प्रमुख स्तम्भ प्रमाणित भए | उनि वासिंगटनपछिको राज्य अमेरिकाको राष्ट्रपति बने |

एक धनि व्यक्तिले लेखपढ गरेको रहेनछ | आफ्नो यहि कमीलाई महसुस गर्दै उसले सोच्यो - मेरो जीवनमा जे हुनु थियो भैहाल्यो | तर मा आफ्ना बच्चाहरुलाई यति सिक्षा दिन्छु कि तिनीहरु आफ्नो जीवन सजिलैसंग काट्न सकुन | यहि बिचारले उसले आफ्नो सुख र आराम बच्चाहरुको भलाइका लागि त्यागिदियो | र, उसका बच्चाहरुको के भयो उसकै शब्दमा थाहा पाऔं मैले तिनीहरुको प्रशिक्षणमा अन्धाधुन्ध खर्च गरें | तिनीहरुलाई पैसाको अभाव भनेको कुन चारको नाम हो भन्ने सम्म पनि महसुस गराइन | तिनीहरुमाथि कसैले औंला उठाउन नसक्ने व्यबस्था गरेँ | कसैले तिनीहरुलाई नराम्रो शब्द नबोलून भन्ने चाँजोपाँजो मिलाएँ | तर यसको परिणाम राम्रो निस्केन | ठुलो छोरो डाक्टर बन्यो तर उसकहाँ एउटा पनि बिरामी आउँदैनन | मैलो छोरो वकिल छ तर उसकहाँ पनि एउटा पनि मुद्दा आउँदैन | कान्छो छोरो पसले छ, तर उसको पनि सेफ संधै खाली नै रहन्छ | मेरो सम्पूर्ण मिहिनेत बेकार भयो | मैले तिनीहरुलाई परिश्रमी तथा मितव्ययी बनाउने प्रयत्न गरेँ, तर कस्तो परिणाम निस्क्यो ? तपाईलाई थाहा छ ? तिनीहरु मलाई यसो भन्छन बुबा पैसा कमाएर के हुन्छ ? हामीसंग पैसाको कुनै कमि छैन, छ र ? तपैले हाम्रा लागि त्यति धेरै धन जम्मा गरिराख्नु भएको छ, के त्यो कम छ र???

'युथ्स कम्पेनियन' नामक पत्रिकामा साइरस डब्ल्यु फिल्डको प्रसङ्ग पनि रोचक छ बालक फिल्डलाई उसको बुबाले आठ डलर दिएर काम गर्नका लागि न्युयोर्क पठाइदिए

न्युयोर्कमा उनका दाइ एक प्रतिष्ठित व्यक्ति थिए | फिल्ड उनीकहाँ गए | ठुलो दाइलाई भाइ आएको मन परेन | उनले भने- 'आफ्नो घर छोड्ने बेला पिडा नहुने व्यक्ति मेरो सहानुभूति पाउन योग्य छैन |'

साइरस फिल्डले स्टीवर्टको फर्ममा नोकरी गरे | पहिलो वर्षका लागि उनको तलब ५० डलर तय भयो उनि बिहान छ-सात बजे काममा आउंथे | र, उनलाई क्लार्क बनाइएपछि उनि बिहान पौने आठ बजेदेखि सुर्यास्तसम्म काम गर्थे | फिल्ड महासयले आफ्नो आत्मकथामा यस्तो लेखेका छन् -'मैले अन्य साथीहरुभन्दा पहिले पसलमा पुग्ने र त्यहाँ सबै नगएसम्म बसिरहने दृढसंकल्प गरें | मेरो एक राम्रो व्यापारी बन्ने र आफ्नो पेसाबाट राम्रो जानकारी हासिल गर्ने आभिलाषा थियो | मैले संस्थाका सबै विभागमा बसी काम सिक्ने प्रयत्न गरें | किनभने मा यस व्यवसायमा आत्मनिर्भर हुन चाहन्थें |

किशोर साइरस फिल्ड बाणिज्य पुस्तकालयमा जाने गर्दथे | उनि त्यहाँ व्यबसायसंग सम्बन्धित पत्रिका एवं पुस्तकहरुको अध्यन गर्थे र प्रत्येक शनिबारको रातमा वादविवाद एवं सभामा भाग लिन्थे | संस्थाका मालिक स्टिवर्ट महाशयको नियम पनि निकै कडा थियो | उनले कर्मचारीहरुको उपस्थितिको परिक्शंका लागि एक क्लर्कको व्यवस्था गरेका थिए | प्रत्येक कर्मचारीको उपस्थितिको अभिलेख बनाइएको हुन्थ्यो | सबेरै आएको, दिउँसो खाना खान गएको र साँझ छुट्टी भएपछी घर जाने बेलाको समय हाजिर कापीमा उल्लेख हुन्थ्यो | यदि कुनै कर्मचारी बिहान केहि मिनेट ढिलो भएमा वा दिउँसो खाना खाएर आउँदा एक घण्टाभन्दा बढी समय लगाएमा उसले सजायस्वरूप २५ सेन्ट तिर्नुपर्थ्यो |

साइरस फिल्ड नियमका यति पक्का र सानातिना कुरामा समेत ध्यान दिने र इमान्दार भएकाले उनले आफ्नो मालिकको बिश्वास जितेका थिए | यस्तो नवयुवकको पदोन्नती हुनुपर्थ्यो र भयो पनि त्यस्तै उनलाई धेरै समय प्रतीक्षा गर्नु परेन | र उनि एक सफल व्यापारी बने |

क्रमश:

प्रस्तुत लेख स्वेट मार्डेनद्वारा लिखित पुस्तकको अनुवादित अंश हो |

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here