Mission Paisa Reloaded (Promo) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

Mission Paisa Reloaded (Promo)

Share This

स्टाइलिस सिनेमा बनाउने निर्देशकका रुपमा चिनिएका सिमोस सुनुवारको बहुप्रतिक्षित सिनेमा ‘मिसन पैसा रिलोडेड’ को प्रोमो सार्वजनिक भएको छ । केही समय अघि मेरो सिनेमासँग कुरा गर्दै सिमोसले जुलाइ ५ मा सिनेमाको प्रोमो सार्वजनिक गर्ने कुरा बताएका थिए ।

सार्वजनिक गरिएको प्रोमो हेर्दा सिनेमा निकै नै स्टाइलिस भएको अनुमान लगाउन सकिन्छ । पैसाको लागी सबै जना भाग्ने कथामा आधारित यस सिनेमामा आमिर गौतम, निशा अधिकारी, रेश मरठ्ठा तथा हर्षिका श्रेष्ठको मुख्य अभिनय रहेको छ । नरेन्द्र महर्जन, माधव वाग्ले र सिमोस सुनुवारको संयुक्त निर्माण रहेको यस सिनेमाको कथा, पटकथा तथा संवाद ‘भिसा गर्ल’का निर्देशक प्रचण्डमान श्रेष्ठले लेखेका हुन् ।

हरी हुमागाइँको छायाँकन रहेको ‘मिसन पैसा रिलोडेड’ मा राजकुमार उप्रेतीको एक्सन रहेको छ । निर्देशक सिमोसका अनुसार एक घण्टा पचास मिनेट लामो यस सिनेमामा दुई वटा ब्यग्राउन्ड गीत रहेका छन । सिनेमाको प्रचारको लागी भनेर डि.जे ज्वालाले एउटा प्रमोशनल गीत पनि बनाएका छन ।
Source: merocinema.com

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here