सफलताको रहस्य: श्रम - भाग २ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सफलताको रहस्य: श्रम - भाग २

Share This
अब स्टीवर्टकै कथा सुनौं | उनि किशोरावस्थामा नै स्वयम् मानसिक रुपमा व्यवसायमा जुटेका थिए | बिहान हुनासाथ काममा जुटेर राति अबेरसम्म काम गर्ने गर्दथे | यसरि उनको व्यवसाय बढ्दै गयो एक समय उनि यस्तो स्थितिमा पुगे कि उनलाई हेर्दा यस्तो लाग्थ्यो, मानौं सारा काम आफसेआफ भइरहेको छ | यसबाहेक पनि स्टीवर्ट कामधन्दाको सानातिना कुरामा समेत ध्यान दिन्थे | यसरि उनि अन्तिम क्षणसम्म त्यो संस्थाको प्रत्येक विभागमा सुधार गर्न प्रयत्नशील रहे |

तर स्टीवर्टका उत्तराधिकारीको हाल ख्याल राख्नुस | उनीसंग आफ्नो पिताको अनुभव थियो | साथै उनको आफ्नै आपर शक्ति थियो | स्टीवर्टले काम शुरु गर्दा उनीसंग न अनुभव थियो न सम्पति | उनको छोरासंग दुवै कुराहरु थिए तर पनि उनि असफल रहे | छोराको सुस्तता र अविवेकको परिणाम के भयो ? थाहा छ ? सम्पूर्ण व्यापार चौपट भयो र उनको संस्था जोनवान मकेरले खरिद गरे | जोनवान मेकरको बारेमा संक्षिप्त जानकारी लिउं | जोनावन मेकर एउटा सामान्य व्यक्ति थिए जो फिलाडेल्फियाचार मेल हिंडेर काममा जाने गरेका र एउटा पुस्तक पसलमा हप्ताको १ डलर २५ सेन्ट तलब लिएर काम गर्ने व्यक्ति थिए | मालिकले आफुलाई दिने तलबको दस गुणा फाइदा लिने प्रयासमा उनि रहन्थे | र, एकदिन उनि सफल व्यक्ति बनेरै छाडे |

सत्यता यो हो कि स्टीवर्ट र जोनवान मेकर जस्ता व्यवसायी र अथक परिश्रमी व्यक्तिसंग यस्ता सफलता प्राप्त गर्ने अधिकार छ | र, यस्तै प्रकारका मान्छे सिद्धि प्राप्त गरिसकेपछि पनि उन्मादमा औदैना र सफलतापूर्वक आफ्नो निश्चित कार्य निर्वाह गर्दछ | इमान्दारिताका साथ् काम गर्नुभयो भने तपाइँ पनि नि:सन्देह स्थायी र स्थिर समृद्धि प्राप्त गर्न सक्नुहुन्छ |

महान वैज्ञानिक लियोनार्दो दा भिन्ची एक उत्साही, हंसमुख र परिश्रमी व्यक्ति थिए | उनि सुर्य उदाउनासाथ काममा जुटीहाल्थे र अंध्यारो नभएसम्म काम गरिरहन्थे | उनलाई खानपिनको समेत होस् रहँदैनथ्यो | मिलेस नामक महान चित्रकार सबै कुराबाट बेखबर भएर चित्रकारी काममा डुबिरहन्थे | कहिलेकाहीं उनि भन्ने गर्थे, 'म एक किसानले भन्दा बढी काम गर्दछु | नवयुवाहरुलाई मेरो सल्लाह छ, काम गर काम | तिमीहरु सबै प्रतिभाशाली हुन सक्दैनौ भन्ने कुरा सहि हो | तर तिमीहरु सबै काम त गर्न सक्छौ र बिनाकामबाट ठुलाठुला प्रतिभाशाली व्यक्ति पनि बेकम्मा बन्न पुग्छन | म कुनै व्यक्तिलाई काकर बन्ने सल्लाह दिन्न | यदि कुनै नवयुवक संग कलाकार बन्ने प्रतिभा छ भने उसलाई कसैको सिफारिसको अवश्यकता छैन | उ आफै कलाकार बन्नेछ | थुप्रै व्यक्ति आफ्ना बच्चा लिएर मकहाँ आउछन र तिनीहरुलाई शिल्पकार बनाउने बारे मेरो सल्लाह माग्छन | मेरो सधै एउटा मात्रै उत्तर हुन्च्यो, सरसरी हुन्न | बच्चाभित्रको जुन गुण अविकसित रुपमा विध्यमान छा, त्यसको खोजि गर्नुहोस | बच्चाको प्रवृत्तिको गहिराइबाट अध्यन गर्नुहोस | जहाँ उसको झुकाव छा त्यहि क्षेत्रमा उसलाई जाने अवसर प्रदान गर्नुहोस | यहि सहि तरिका हो |

टर्नर महाशय आफूसामु यस्तो एउटा आदर्श वाक्य राख्ने गर्दथे, 'प्रत्येक दिन कुनै न कुनै एउटा काम अवश्य पुरा गर्नुहोस |' र, उनि यस वाक्यलाई आफ्नो जीवनमा चरितार्थ गर्थे र निरन्तर काममा जुटीरहन्थे | उनलाई यसमा वास्तविक आनन्द मिल्थ्यो र उनि यसमा लीन रहन्थे |

पिटर महानको कथा तपाईले सुन्नुभएको/पढ्नुभएको छ? उनि एउटा राज्यका उत्तराधिकारी थिए | तर उनलाई घमण्डले छुन पनि सकेको थिएन | र, उनि अथक परिश्रम गरि गद्दीमा बसेका थिए | राजकुमार छँदा उनले शाह कपडा र आभूषण फुकालेर एक साधारण कामदारजस्तो लुगा लगाए | उनले उच्च शिक्षा प्राप्त गरि आफ्नो राष्ट्र(रुस)को सेवा गर्ने दृढ निश्चय गरे | अधिकांश राजकुमारहरु प्रेमस्रेमको चक्करमा फसिरहने २६ बर्षको उमेरमा उनले कठोर परिश्रम गर्ने अभिभारा उठाए | उनले हल्याण्डको जहाज बनाउने एउटा कम्पनीमा एप्रेन्टिसको रुपमा काम गरे | त्यसपछि उनले इंग्ल्याण्डको कागज कारखाना र अन्य थुप्रै कारखानामा पनि काम गरे | उनले काम मात्र गरेनन, बरु एक साधारण मजदुरले जस्तै काम गरे र त्यसैअनुरुप मजदुरी(ज्याला) पनि स्वीकारे |

पिटर महानले एक mahina एक कामिकहाँ फलामको समान बनाउने काम गरे | अन्तिम दिन उनले आफुले बनाएका १८ वटा सामानमा आफ्नो निशान अंकित गरिदिए | राज्कुमर्संगा आएका उनका सहायकलाई श्रममा कुनै आस्था थिएन | तर उनले राजकुमारसंगै आधा जलेका कोइला फुक्नुपर्थ्यो | कारखानाका मालिकले राजकुमारलाई पारिश्रमिकस्वरूप १८ मोहर दिए | तर उनले भने, 'तपाई आफ्नो मोहोर फिर्ता लिनुहोस् मा तपाईको साधारण मजदुरले लिने जति पारिश्रमिक मात्रै लिन्छु | मलाई प्रत्येक सामानको तिन कोपेकको दरले ज्याला दिनुहोस |

कारखानाको मालिकले उनले भनेबमोजिम नै गरे | राजकुमारले त्यो पैसाले किनेको जुत्ता लगाउदै भनेका थिए, 'यी जुत्ता मैले आफ्नो रगत र पसिनाबाट किनेको हुँ |' रुसका राजा पिटर महानको कर्म(श्रम)मा यस्तो निष्ठा थियो | आज पनि रुसको संग्रहालयमा राखिएका पिटर महानले बनाएका ति फलामका सामानले उनको कर्तव्यपरायणताको सम्झना ताजा गराउँछ |

यदि तपाई आफुलाई प्रतिभाशाली भएको र जीवनमा आफुलाई सफलता स्वत: प्राप्त हुन्छा भन्ने ठान्नुहुन्छ भने तपाई अभागी हुनुहुन्छ | तपाईको भलाई यसैमा छ कि सकेसम्म छिटो त्यो भ्रमलाई निकालेर फ्याक्नुहोस तपाइलाई छिटो सफलता दिलाउनमा श्रमको निकै ठुलो योगदान हुन्छा भन्ने कुरा आफ्नो मनमा राख्नुहोस | निष्क्रिय प्रतिभा घना जंगलमा रुखहरुले घेरिएका बोटबिरुवा जस्तै हुन् | बिचरका अनुसार प्रतिभा बिकासका लागि श्रम र श्रम बिकासका लागि प्रतिभाको अवश्यकता हुन्छ |

यो दुनियाँमा मानिसै कला, कविता र शिल्पमा गरेका सम्पूर्ण प्रगतिको जननी श्रम नै हो | गोल्डस्मिथले श्रमको महत्वलाई यसरि प्रकट गरेका छन्, 'लगातार लेख्ने व्यक्तिमा चिन्तनको महानता र चित्रनको सूक्ष्मता आउँछ | उभन्दा दस गुना बादी प्रतिभाशाली तर कहिलेकाहीं मात्र लेख्ने व्यक्ति उसको तुलनामा तलै पर्दछ |'

अमर कृतिहरुमा श्रमको धेरै महान योगदान हुन्छ | यो तथ्य ध्यान दिनु जरुरि छ | लङ्फेलोलाई 'डिक्लेरेसन अफ इन्डिपिन्डेन्स' र 'सम्स अफ लाइफ' आदि कृतिलाई अन्तिम रुप दिन थुप्रै श्रम र समय लगेओ थियो | ब्रियान्टले आफ्नो कृति 'थानारफसिस' सुतेर लेखेको भानिन्छा तर पनि उनि उक्त कृतिको अन्तिम रुप प्रति असन्तुष्ट थिए |

अब प्लेटोको बारेमा जान्नुहोस् | उनले आफ्नो प्रख्यात पुस्तक 'रिपब्लिक'को पहिलो वाक्य नौ तरिकाबाट लेखेका थिए | त्यसपछि मात्र उनले उक्त वाक्यलाई अन्तिम रुप दिन सकेका थिए | त्यसपछि मात्र उनले उक्त वाक्यलाई अन्तिम रुप दिन सकेका थिए | अंग्रेजी कवि पोप एक छन्द लेख्नका लागि पुरा दिन लगाईदिन्थे चार्नोट ब्रोन्ट धेरै पटक एक एक शब्दमा धेरै घण्टा रोक्ने गर्दथे | ग्रे महाशयका लागि त सानो रचना तयार गर्न पनि एक महिना लाग्थ्यो | गिवन महाशयले 'डिक्लाइन एंड फल'को पहिलो अध्याय तिन पटक लेखेका थिए | त्यसपछि मात्र उनले त्यसलाई अन्तिम रुप दिन सकेका थिए | तपाइँलाई थाहा छ, त्यो पुस्तक कहिले पुरा भयो ? त्यस काममा करिब २५ बर्ष लागेको थियो | एन्थनिको भनाइ छ, ' कुनै कामका लागि मूडको प्रतिक्षा गर्नु बेइमानी हो | जीवनमा श्रमको महत्वपुर्ण स्थान छ |'

अलेक्ज्यान्डर हेमिल्टनले आफ्नो सफलताको रहश्य यसरि बताए, 'कहिले कहिँ मानिसहरु मेरो सफलताको रहश्य मेरो प्रतिभालाई मान्थे, तर मा मान्छु कि मेरो जुन प्रतिभा छ, त्यो सबै मेरै परिश्रममा निहित छ |'

डेनिएल वेस्टरले आफ्नो सत्तरीऔं जन्म दिवसमा आफ्नो सफलताको रहस्य यसरि बताए, 'म जे पनि छु, श्रमबाट निर्मित छु | आफ्नो जीवनमा मैले बेकाम रहेर एकदिन पनि गाँस टिपीन |'

यहि सबै कारणबाट श्रमलाई सफलताको सन्देशबाहक भनिएको हो |

प्रस्तुत लेख स्वेट मार्डेनद्वारा लिखित पुस्तकको अनुवादित अंश हो |

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here