
डिजी टाइम्सको रिपोर्टअनुसार आउँदो केहि दिनमै गूगल नेक्सस ट्याब्लेटको सस्तो संस्करण बजारमा ल्याउने तयारीमा छ | जसको मूल्य $९९ राख्ने जानकारी आएको छ । नयाँ ट्याब्लेटलाई ताइवानी ट्याब्लेट निर्माता HannStar Display ले निर्माण गर्दै गरेको छ । डिजीटाइम्सका अनुसार उनीहरुलाई यो खबर ताइवानको सप्लाई चैन मेकर्सले दिएका हुन् ।
गूगलको यो समाचारले भारत लगायत सस्ता ट्याब्लेट उत्पादन गर्ने सबै देशका ट्याब्लेट निर्माताहरुका लागि बहुतै चिन्ताको बिषय हुने पक्का भएको छ | यदि गूगल जस्तो नामी कम्पनीको सस्तो ट्याब्लेट बजारमा आएमा भारतीय कम्पनीका सस्ता ट्याब्लेट कसैले पनि किन्नेवाला छैन | हेरौँ गूगलको नेक्ससका केहि तस्विरहरु :

नेक्सस ७ हालै मात्र लन्च गरिएको थियो । यसलाई गूगलले कम्प्युटर तथा ल्यापटप निर्माता आसुस संग मिलेर बनेको थियो । नेक्सस ७ पछिल्ला केहि समयमा आएका सबैभन्दा राम्रा ट्याब्लेटहरुमा पर्छ । ८ जिबीको स्टोरेज क्षमता भएको, बिशेष सुविधायुक्त उक्त ट्याब्लेटको मूल्य $१९९ राखिएको थियो |

$९९ मूल्यको नयाँ गूगल नेक्सस ट्याब्लेट ARM आर्किटेक्चर सिंगल कोर प्रोसेसर ८९५०मा चल्छ । जसलाई चिनिया कम्पनी वंडरमीडियाले तयार गरेको छ ।

नेक्सस ७ ट्याब्लेट निर्माणको पछाडी एप्पलको आइपडलाई टक्कर दिने उद्देश्य नभई अमेज़न किंडल फायरजस्तो प्रोडक्टलाई नै माथ खुवाउने उद्देश्य थियो । नेक्सस ७ ट्याब्लेट ८ र १६ जिबि स्टोरेज क्षमतामा उपलब्ध थियो भने यसको मूल्य $१९९ देखि $२४९ सम्म राखिएको थियो ।

नेक्सस ७ को स्क्रीन ७ इन्च र तौल ३४० ग्राम छ । गूगलको तो ट्याब्लेट एन्ड्रोइडको लेटेस्ट भर्सन ४.१ जेल्विन अपरेटिंग सिस्टमबाट चल्ने पहिलो डिभाइस हो ।

नेक्सस ७ पछिल्ला केहि समयमा आएका सबैभन्दा राम्रा ट्याब्लेटहरुमा पर्छ । ८ जिबीको स्टोरेज क्षमता भएको, बिशेष सुविधायुक्त उक्त ट्याब्लेटको मूल्य $१९९ राखिएको छ |

ताइवानी कम्पनि आसुसटेक कम्प्युटर गूगलसंग मिलेर नेक्सस ७ ट्याब्लेटको प्रोडक्सन गरिरहेको भए पनि कम्पनीले भने यस सम्बन्धि अधिकारिक रुपमा स्वीकार गरेको छैन ।

वेबच्याटको लागि नेक्सस ७ ट्याब्लेटमा गूगलले केवल एउटैमात्र क्यामेरा लगाएको छ । जसले ७२० पिक्सलको हाई-डेफिनेशन मोडमा भिडियो शूट गर्न मिल्छ।
No comments:
Post a Comment