दुब्लोपनको कारणले निराश हुनुहुन्छ भने अब छुटकारा पाउनुहोस् ! - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दुब्लोपनको कारणले निराश हुनुहुन्छ भने अब छुटकारा पाउनुहोस् !

Share This
सबै चिजको अत्याधिकता नराम्रो हुन्छ । धेरै मोटो हुनु स्वास्थ्यको लागि जति हानिकारक छ उति नै धेरै पातलो हुनु पनि राम्रो भने हैन । जसरि मोटा मानिसहरु आफ्नो तौल घटाउन सधै चिन्तित हुन्छन त्यसै गरि दुब्ला मान्छेहरु पनि आफ्नो मोटाइ र तौल बढाउन आतुर हुन्छन ।

दुब्ला पातला मानिसहरुमा चाडो रिस उठ्ने समस्या हुन्छ, उनीहरु हँसमुख हुदैनन, दुब्ला मानिसहरुलाई चाडै नै रोगले ग्रसित पार्छ भन्ने जस्ता कुराहरु खाली भ्रम मात्रै हुन् । यदि तपाइको स्वास्थ्य राम्रो छ र तपाई स्वस्थ हुनुहुन्छ भने तपाईलाई माथि उल्लेखित कुनै पनि समस्याले सताउदैन ।

यदि ४/५ किलो तौल घटाउनु पर्यो भने तपाईले केवल १ महिना परिश्रम गरे पुग्छ तर यति नै तौल बढाउनु पर्यो भने चाही तपाईलाई ३ देखि ५ महिना लाग्छ । किनकि कसैलाई खाना कम खुवाउन सकिन्छ तर जबरजस्ती बढी खाना खुवाउनु असम्भव कुरा हो ।

कतै तपाईको दुब्लोपनको कारण तपाई साथीहरुको बिचमा गसिपको बिषय त हुनुभएको छैन ? मोटोपनबाट चिन्तित मान्छेहरुले आफ्नो मोटोपन घटाउनका लागि विभिन्न उपाय खोज्ने तथा गर्ने गर्छन तर दुब्ला पातला मानिसहरुलाई आफ्नो तौल बढाउने बिषयमा खोज्न एकदमै कष्ट गर्नु पर्छ । किनकि दुब्लाउने उपाय सबै मिडियाले दिन्छन । मेसिनहरु पनि तौल घटाउनकै लागि मात्र बन्छन । तर तौल बढाउने वा मोटाउने बारेमा न त कुनै मिडियाले सल्लाह दिन्छन न त कुनै मेसिन नै बनेको हुन्छ । तर आज हामी तपाईहरुलाई तौल बढाउने कसरि भन्ने बारेमा केहि जानकारी दिन गईरहेका छौं ।

हाइपोथाइराइड तौल बढाउनको निम्ति अत्यावश्यक मनिन्छ त्यै हाइपोथाइराइड नै तौल घटाउन पनि आवश्यक हुन्छ ।
दुब्लोपनको सहि कारण पत्ता लगाउनु र त्यसको सहि उपचार गराउनु जरुरि हुन्छ । तपाईको बंशानुगत कारणले गर्दा पनि तपाई दुब्लो हुनुभएको हुन सक्छ ।
दुब्ला मानिसहरुले आफ्नो भोजनमा प्रोटिन तथा कर्बोहाइट्रेडको मात्र बढाउनु पर्दछ ।
पानीको विकल्पमा जुस अथवा दुध खाँदा अझ राम्रो हुन्छ ।
भोजनको मात्रा बिस्तारै बिस्तारै बढाउनुहोस जसले गर्दा तपाइको शरीरमा बढी शक्तिको संचय होस् ।
दैनिक कम्तिमा आधा घण्टा व्यायाम गर्ने गर्नुहोस् । दुब्ला मानिसहरुलाई पनि व्यायाम अत्याबश्यक छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here