गुणी पानी नै हुनसक्छ बैगुनी जब हुन्छ अत्याधिक सेवन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गुणी पानी नै हुनसक्छ बैगुनी जब हुन्छ अत्याधिक सेवन

Share This
राम्रो स्वास्थ्यको लागि पनि महत्वपुर्ण मनिन्छ । स्वस्थ रहन मानिस प्यास नलागे पनि धेरै पानी पिउन रुचाउछन । पनि पिउने बनि स्वास्थ्यको दृष्टिकोणले राम्रो पनि मानिन्छ । पानीले वजन कम गराउनुका साथै शरीरलाई फिट राख्न पनि मद्दत गर्छ भन्ने बिश्वास रहेको छ । एक वयस्क व्यक्तिको शरीरमा ३५ देखि ४० लिटर पनि सधै नै बनिरहेको हुन्छ । वयस्क पुरुषको शरीरको तौलको कुल ६५ प्रतिशत र वयस्क महिलाको शरीरको तौलको कुल ६२ प्रतिशत भाग पनि हुन्छ ।

जसरि नुहाउँदा शरीरको बाहिरी सफाई हुन्छ पानीको अधिक सेवनले पनि शरीरको भित्रि भागहरुको सफाइमा मद्दत पुर्याउँछ । तर केहि मानिस वर्कआउट वा व्यायामको समाप्तिको पछाडी तुरुन्तै, चर्को घामबाट आउनासाथै पानीको सेवन गर्छन जुन एकदमै हानिकारक अर्थात् खतरनाक हुन्छ । यतिमात्रै हैन मानिसहरु बिहान उठ्नेबित्तिकै खाली पेटमा पहिला पानी खाने गर्छन । तर यो पनि खतरनाक हुन्छ । खाली पेटमा पानी खाँदा पाचन प्रक्रियामा असर पर्दछ । तपाईले दैनिक गर्ने भोजनमा पनि केहि मात्रामा पानीको सेवन गर्नुहुन्छ र पनि तपाई १८/२० गिलास पानी खानुहुन्छ भने तपाइको शरीरमा पानीको ओभरडोज भैरहेको पो छ कि सोच्नु पर्ने हुन्छ ।

पछिल्ला केहि बर्षमा भएको पानीको प्रचारको कारणले गर्दा मानिसहरुमा यस्तो छाप परिसक्यो कि अब त मानिसहरुले पानीलाई हेल्दि टनिकको रुपमा नै लिन थालिसके । सबै रोगको निदान गर्ने पानी नै हो भन्ने धारणा नै बनिसक्यो मानिसहरुको । यसै कारणले गर्दा मानिसले एकदमै छोटो छोटो समयमा बारम्बार पानी पिउने बानि नै बसालिसके । मानिसहरु आफ्नो छालालाई मुलायम र चम्किलो राख्नकै लागि पनि पानी पिउने गर्छन भने केहि आफ्नो वजनलाई नियन्त्रण गर्नका लागि पानी पिउने गर्छन । पानीको सेवनले यी सबैमा फाइदा त दिन्छ तर जरुरत भन्दा धेरै पानीको सेवनले भने नोक्सान पनि गर्छ । जसको बारेमा एकदमै कम मानिसहरुलाई मात्रै जानकारी छ ।

अत्यधिक पानीको सेवनले के हुन्छ ?

किड्नीमा हुन सक्छ असर : यदि मानिसले जरुरत भन्दा धेरै पनि पिएमा किड्नीमा एक्स्ट्रा प्रेसर पर्न सक्छ ।
हुन सक्छ हार्ट आट्याक : अत्याधिक पानीको सेवनले हार्ट आट्याक पनि हुन सक्छ ।

पर्न सक्छ पाचन प्रक्रियामा असर : जरुरत भन्दा धेरै पानीको सेवन गर्दा हाम्रो शरीरको खाना पचाउन सहयोग गर्ने रस(तरल)ले काम गर्न छोड्न सक्छ । जसले गर्दा खाना ढिला पच्ने अथवा पच्दै नपच्ने जस्ता समस्याहरु देखा पर्दछन ।

बच्ने उपायहरु

खालि पेटमा पिउन हुन्न पानी : मानिसहरु बिहान उठ्नेबित्तिकै खाली पेटमा पानी पिउने गर्छन । जुन एकदमै हानिकारक पनि साबित हुन सक्छ । खाली पेटमा पनि खानाले खोकी लाग्ने, पेट दुख्ने लगायत सर्दी हुने जस्ता समस्याहरु पनि देखा पर्दछन त्यसैले खाली पेटमा पानी नखानु बुद्धिमानी ठहर्छ ।

पानीको ठिक्क सेवन गरौ अत्याधिक हैन : आफ्नो शरीरलाई चाहिने भन्दा धेरै पानीको सेवन नगरौं । पाँच पाँच मिनेटमा पनि खाने बानि हटाउँ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here