चियाले गर्छ महिलाको प्रजनन क्षमतामा वृद्धि - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चियाले गर्छ महिलाको प्रजनन क्षमतामा वृद्धि

Share This
तपाईकी श्रीमती धेरै चिया पिउछिन, जसले गर्दा तपाई हैरान हुनुभएको छ ? उसो भए खुसि हुनुहोस तपाईको लागि खुशीको खबर छ । खबरअनुसार चिया नपिउने वा अनियमित चिया पिउने महिलाका तुलनामा नियमित चिया पिउने महिलामा आमा बन्ने क्षमता २७ प्रतिशतले बढी हुन्छ ।
बोस्टन बिश्वबिध्यलायाका सोध्कर्ताहरुले गरेको अनुसन्धानमा यस्तो खुलासा भएको हो । अनुसन्धानकर्ताहरुको भनाइ छ कि प्रत्येक दिन २ पटक चिया पिउने महिलाहरुमा प्रजनन शक्ति बढी हुन्छ । त्यस्तै चिसो पेय धेरै सेवन गर्ने महिलाहरुमा भने प्रजनन शक्ति २० प्रतिशतले कम हुन्छ ।

अध्ययनकर्तामध्येकि एक प्रोफेसर एलिजाबेथ ह्याचक अनुसार उनिहरुले ३६०० महिलामा यो अनुसन्धान गरे जसबाट यो पत्ता लाग्यो कि दिनमा दुइ वा तिन पटक चिया पिउने महिलाहरुको प्रजनन क्षमता अन्यको तुलनामा २७ प्रतिशतले बढी पाइयो । उनले अगाडी भनेकी छिन "सायद यो caffeineको कारणले हुन सक्छ ।"

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here