खुट्टा फुट्ने समस्याबाट बच्नुहोस - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

खुट्टा फुट्ने समस्याबाट बच्नुहोस

Share This

सुख्खा र फुटेको खुट्टा असुविधाको बहुत ठुलो कारण हुन सक्छ । तपाईको फुटेको खुट्टा तपाईको चप्पलमा राम्रो नदेखिनुका साथै तपाईलाई दुखेको महसुस पनि हुन सक्छ । यदि यस्तो फुटेको खुट्टाको उपचार समयमै नगर्ने हो भने, यो ठुलै रोगको रुपमा पनि विकास हुन सक्छ । तपाईको फुटेको खुट्टामा किटाणुले बास गर्न पनि सक्छन र जसले गर्दा संक्रमण हुन पनि सक्छ । त्यसैले कुनै समस्या आउनुभन्दा पहिले नै त्यसलाई आउन नदिने उपाय गर्नु राम्रो हुन्छ । आउनुहोस जानौं केहि रहस्य कसरि छुटकारा पाउने त खुट्टा फुट्ने समस्याबाट :

खुट्टा फुट्ने समस्या, सामान्य परिचय : तपाईको खुट्टाको कुर्कुच्चाको भागमा चिरिएको वा काटिएको जस्तो देखा पर्नु नै खुट्टा फुट्नु हो । पहिले कुर्कुच्चाको भाग केहि कडा हुँदै जान्छ केहि समयपछि त्यहि कडा भएको ठाउँमा चिरा परेको जस्तो देखा पर्छ यसैलाई हामी खुट्टा फुटेको भन्छौं ।

फुटेका कुर्कुच्चाहरुबाट छुटकारा पाउने उपाय :
  • आफ्नो खुट्टालाई सकेसम्म न्यानो र नरम राख्ने गर्नुस । मोश्चराइजर लगाईसकेपछी कटनको मोजा लगाउने गर्नुहोस । त्यसै गरि लोसनको सट्टामा शाकाहारी तेल (बनस्पति घ्यू )को प्रयोग गर्ने गर्नुस ।

  • तपाईको खुट्टा फुट्ने कारणमध्येको एउटा तपाईको जुत्ता पनि हो । त्यसैले आफुलाई आरामदायी हुने जुत्ता लगाउने गर्नुहोस । कस्सिलो जुत्ताले तपाइको खुट्टामा दुखाई मात्र हैन फुटाई पनि निम्त्याउँछ ।

  • आफ्नो खुट्टा सफा गर्दा साबुनको प्रयोग गर्नुहोस जसले तपाइको खुट्टामा रहेका जीवाणुहरुलाई असर गरोस ।

  • मृत छालाहरुलाई हटाउनका लागि एक किसिमको प्युमिक स्टोनको प्रयोग गर्नुहोस, जसले तपाईको कडा छालालाई हटाउन मद्दत गर्छ । तर सावधान रहनुहोस, यदि तपाईलाई दुखेको महसुस भएमा यो कार्य तुरुन्तै रोक्नुहोस ।

  • आफ्नो खुट्टामा कागती दल्ने गर्नुहोस जसले गर्दा तपाईको खुट्टा नरम हुन्छ । यस्तो हप्तामा कम्तिमा एकचोटी एक घण्टासम्म गर्ने गर्नुहोस ताकी तपाईलाई चाडै नै नतिजा मिलोस ।

  • अलिकति नुन राखेर तातो पानीमा आफ्नो खुट्टालाई डुबाउनुहोस् ताकी तपाईको खुट्टा नरम होस् ।

  • आफ्नो मरेको छालालाई चक्कु वा धारिलो हतियारले काट्ने कोशिस नगर्नुहोस । किनकि यसले तपाईको अन्य छाला पनि कतिन सक्छ, जसले गर्दा तपाईलाई दुखाईका साथमा संक्रमणको सम्भावना पनि बढ्छ ।

  • प्रत्येक दिन कम से कम ८-१० गिलास पनि पिउनुहोस । रक्सि लगायत नसाको सकेसम्म प्रयोग नगर्नुहोस । यसो गर्दा तपाईको त्वचा नरम हुन्छ ।

  • कहिँले काहिँ तपाईले घरेलु उपचारबाट सोचेको जस्तो नतिजा नपाउन सक्नुहुन्छ । यदि त्यसो भएमा डाक्टरको सल्लाह लिन भने नभुल्नुहोला किनकि यस्तो बेला अन्य रोगको लक्षण पनि हुन सक्छ ।
  • No comments:

    Post a Comment

    Post Bottom Ad

    contact e.enetnepal@gmail.com to Advertise here