अचम्मको आइस होटल (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अचम्मको आइस होटल (फोटो फिचर)

Share This
सुन्दा अचम्म लाग्न सक्छ तर बास्तविकता यस्तै छ । मान्छेले चाह्यो भने असम्भव भन्ने कुरा केहि पनि छैन । त्यसैले त संसारमा अनौठा अनौठा बस्तुहरु निर्माण हुने गर्छन । आज हामी त्यस्तै अनौठो होटलको बारेमा तपाईहरुलाई बताउन चाहन्छौं । यो होटलको बारेमा बताउनु पर्दा यो होटलका सम्पूर्ण सामाग्रीहरु आइस यानी बरफबाट बनेका छन् । यहाँका रेस्टुरेन्ट, बेडरूम मात्र नभएर बाथरूम पनि बरफबाट नै बनेको छ । यो पुरा होटेल १५ टन बरफको समिश्रणबाट बनेको छ ।

होटलको पूर्ण जानकारी यस्तो छ :
Phone: +46 (0) 980 66 800
Fax: +46 (0) 980 668 90
Email: info@icehotel.com
Phone hours: Monday to Friday: 9 am - 4 pm (GMT+01:00) Central European Time. Saturday to Sunday: closed.

Address:
ICEHOTEL
Marknadsvägen 63
981 91 Jukkasjärvi
SWEDEN


अगाडी हेरौं यस होटेलका केहि तस्बिरहरु :


बरफको बेडरूम : हुन त तपाईलाई यहाँ तातो कपडाहरु दिइन्छ, तर तपाईको पुरै बेडरूम र पलंग भने पुरै बरफको नै हुन्छ ।


बरफकै गिर्जाघर(चर्च): यो होटलमा रहेको यो गिर्जाघर(चर्च) पुरै बरफबाट मात्रै बनेको छ ।


सन् २००० देखि प्रत्येक साल यसको रिकन्स्ट्रक्सन गरिंदै आएको छ ।


पुरै होटललाई बरफले ढाकेको भए पनि यहाको स्लिपिंग ब्यागको तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।


होटलमा रहेका ३० कोठाहरु सबैमा सजावट र फर्निचर पनि सबै बरफको नै छ


१५ टन बरफबाट बनेको यो होटेल संसारमै अचम्मको होटलमध्येको एक हो ।


यहाँको बेडरूमहरुमा रहेको थर्मल म्याट्रीसिसले ३५ डिग्री सेल्सियस सम्मको तापमान दिन सक्छ ।


बिश्वका चर्चित मध्यको एउटा होटल हो यो ।


प्रत्येक वर्ष नोभम्बरको अन्तिममा १००० ट्रक बरफ यहाँ ल्याएर यस होटलको मर्मत सम्भार तथा पुनर्निर्माण गरिन्छ ।


यस होटलमा एउटा बार, एउटा लबी, एउटा रेस्टुरेन्ट पनि छ जुन रेस्टुरेन्टमा हरिणको मासु सर्भ गरिन्छ ।


बरफको होटलको बरफकै बाथरूम पनि हेरौं न ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here