प्रचण्डले पनि भेटे झापड, झापड हान्ने घाइते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रचण्डले पनि भेटे झापड, झापड हान्ने घाइते

Share This
कुटाइपछि चुटाई:
एमाओवादी अध्यक्ष प्रचण्डमाथि आक्रमण गर्ने बाग्लुङका पदमकुमार कुँवरलाई एमाओवादी कार्यकर्ताले घाइते बनाएपछि उद्धार गर्दै । तस्वीरः अशोक दुलाल÷फेसबुक
एमालेका अध्यक्ष झलनाथ खनालबाट झक्कु प्रसाद सुबेदी र सुशील कोइराला हुँदै झापड काण्ड एमाओबादी अध्यक्ष प्रचण्ड सम्म पनि आइपुगेको छ । जसरि देवी प्रसादले झलनाथलाई झापड हानेका थिए त्यसैगरी प्रचण्डलाई पनि बाग्लुङका पदमकुमार कुँवरले झापड हानेका छन् । झापड खाएर प्रचण्डको चस्मा पनि फुटेको छ भने झापड खाईसकेपछी दाहालको अनुहार निकै नै मलिनो भएको थियो ।

भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा आफ्ना समर्थकहरुसंग हात मिलाउँदै जाँदा लाइनमा मञ्चमा आएका पदमकुमार कुँवरले हात मिलाईसकेपछी झापड प्रहार गरेका हुन् । उनको झापड यति सशक्त थियो की, झापडबाट प्रचण्डको चस्मा मात्रै फुटेको थिएन, प्रचण्डलाई पनि निकै नै पिंडा भएको अनुमान लगाउन सकिन्थ्यो एक प्रत्यक्षदर्शीले हामीलाई जानकारी दिए । स्मरणीय छ यसअघि झलनाथको चस्मा पनि देवी प्रसादको झापडबाट फुटेको थियो ।

झापड प्रहर गर्ने नेकपा-माओबादीको कार्यकर्ता भएको शंका पनि गरिएको थियो । तर पार्टीले यसको खण्डन गर्दै पदमकुमार आफ्नो कार्यकर्ता नभएको बताएको छ । झापड प्रहार गरिसकेपछि पदम कुमारले पनि माओबादी कार्यकर्ताहरुबाट धुलाई पाएका छन् । माओबादी समर्थकहरुको धुलाई बाट उनको अनुहारमा चोट लाग्नुका साथै मुखबाट पनि रगत आएको छ यद्यपी अहिले भने प्रहरीले हस्तक्षेप गरेर उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा लगेर अनुसन्धान गरिरहेको छ ।

अध्यक्ष दाहालमाथि झापड प्रहार भएपछी भृकुटीमण्डपमा पुलिसको उपस्थिति बाक्लो पारिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here