जब भेटियो २ महिनाकी बालिकाको गर्भमा बच्चा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जब भेटियो २ महिनाकी बालिकाको गर्भमा बच्चा

Share This
बाँच्नु पर्छ अनेक देखिन्छ भन्थे बुढापाखाले, हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ । घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा दावी गरिएको छ ।

दुइ महिना अगाडी गंगाकि श्रीमती मंजु देवीले छोरीलाई जन्म दिईन । जसको जन्मदै पेट फुलेको देखिन्थ्यो, जसले गर्दा बच्चालाई केहि गाह्रो भएको महसुस गर्न सकिन्थ्यो । अन्जुले अररियाकै डा. नसिर र डा.ओम प्रकाशलाई देखाउदा डाक्टरहरुले पेटमा पनि भएको भन्दै उपचार गरेको र पनि कुनै सुधार नभएकोले गर्दा शिशु रोग बिशेषज्ञ डा. अमरेन्द्र कुमारलाई देखाउंदा यस्तो घटना पत्ता लागेको खबरमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ पल्लविको पेटमा बच्चा भेटियो जसलाई सिटि स्क्यान गरेर पुष्टि गरियो । रिपोर्ट पोजिटिभ आउनेबित्तिकै समाचार पुरै इलाकामा फैलियो । बच्चीलाई हेर्न अस्पतालमा मिडिया संग सम्बन्धित तथा स्थानीय मानिसहरुको ठुलो घुइंचो लागेको छ ।

समाचारमा भनिएको छ बच्चाको पेटमा बच्चा भेटिएको यो पहिलो घटना होइन सन् १८०८ मा चिकित्सा विज्ञानको राम्रो विकास नहुँदै जर्ज विलियमले यो घटना देखेको बताएका थिए । त्यतिखेर पोस्टमार्टमको दौरान यस्तो घटना घटेको थियो । समाचारमा अगाडी भनिएको छ १९९० अप्रिलमा ग्रिस र १९९९ मा भारतकै नागपुरमा यस्तो घटना बाहिर आएको थियो । पछी २००६ मा पाकिस्तान, २००८ मा इन्डोनेशिया, २००८ र २००९ मा चिन र २०११ मा युनानको इजिप्टमा यस्ता घटनाहरु घटेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here