मनले चाहेर मात्रै हुँदैन, दिमागले चाहे मात्र छुट्छ खराब बानि - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मनले चाहेर मात्रै हुँदैन, दिमागले चाहे मात्र छुट्छ खराब बानि

Share This
खराब बानि छुटाउन चाहनुहुन्छ, तर सकिरहनुभएको छैन । उसो भए निरास नहुनुहोस तपाइको लागि खुशीको खबर छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT)का अनुसन्धानकर्ताहरुले एउटा नयाँ कुरा पत्ता लगाएका छन् ।
यदि तपाई आफ्नो खराब बनि छुटाउन चाहनुहुन्छ भने अब मनबाट मात्रै हैन दिमागबाट पनि सोच्नुस कि तपाई यो बनि हटाउन चाहनुहुन्छ । तपाई आफ्नो दिमागलाई नियन्त्रणमा राख्नुस । हाम्रो दिमगसंग यस्तो क्षमता हुन्छ कि जब चाह्यो तब खराब बानीलाई दिमागमा आउनबाट रोक्न सकिन्छ ।
मुसामा गरिएको अनुसन्धानले हाम्रो हरेक बानीको सिधा सम्बन्ध दिमागको पछाडी रहेको कार्टेक्स नामक अंगसंग हुन्छ । कार्टेक्स हाम्रो दिमागको यस्तो हिस्सा हो, जहाँ विचार प्रक्रिया चल्छ र योजना बन्ने कार्य हुन्छ । कुनै कार्य गर्ने नगर्ने वा कुनै बानि अपनाउने ना अपनाउने सम्बन्धमा हाम्रो हरेक निर्णयको सबै सुचना यहि पुग्छ र यी प्रक्रियाहरु यहि अंगले नियन्त्रण गर्छ ।
यस्तो निष्कर्षमा पुगेका अनुसन्धानकर्तामध्ये एक एन ग्रेबिएलले भनेका छन् कि यो जानकारी त्यस्ता मानिसहरुको लागि फाइदाजनक साबित हुन्छ जो आफ्नो खराब बनि छुटाउन चाहन्छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here