
जेल म परेको आफ्नो एक्लो छोरा चतुरेलाई गाउबाट उसको बाउ धतुरेले यस्तो चिट्ठी लेखेछ । चिठ्ठीमा लेखिएको थियो:
"बाबु छोरा यहाँ गाउको बारीमा मक्कै छर्ने बेला पनि भयो । घरमा काम गर्ने कोहि छैनन । यस्तो साह्रो बारी म बुढो एक्लैले कसरी खानौं । तँ यहाँ भएको भए खन्ने थिइस । तँलाई पनि दैब लाग्यो र जेल परिस । अब के गर्ने होला बाबु ?
चतुरेले चिठ्ठी पढीसकेपछी निकै सोचेर लेखेछ : "ह्या बा ! तिमीलाई कत्ति भन्नु की मैले त्यो बारीमा बन्दुक र पैसा लुकाएर राखेको छु । यो साल भै'गो अब अर्को साल त म पनि छुटीहाल्छु अनि म मिलेर खन्छु लुकाएर राखेको सामानहरु पनि बेचौंला पैसा पनि टन्न हुन्छ । त्यसैले यो साल मकै नछर है बा ।"
चिठ्ठी धतुरेको हातमा भन्दा पुलिसको हातमा पर्ने निश्चित थियो ।
पुलिसहरुले सो चिठ्ठी पढेर चतुरेको गाउँको बारी भक्काभक खनिदिए । बन्दुक र पैसा भेट्ने आशामा खानेका पुलिसहरुले केहि नभेटेपछि निराश भएर चौकी फर्के ।
अर्को दिन फेरी चतुरेले धतुरेलाई चिठ्ठी लेख्यो, चिठ्ठीमा लेखिएको थियो:
"सबै बारी पुलिसले खनिदिए हैन त बा ? ल अब राम्ररी मकै छर्नु है त बा ।"
No comments:
Post a Comment