कोल्ड ड्रिंकले पनि क्यान्सर गराउन सक्छ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कोल्ड ड्रिंकले पनि क्यान्सर गराउन सक्छ

Share This

तपाईलाई कोल्ड(सफ्ट) ड्रिंक्स कति मन् पर्छ ? पक्कै पनि गर्मि समयमा कोल्ड ड्रिंक खुबै मान पर्छ होला । अनि कोल्ड ड्रिंकको प्रयोग पनि गर्मीमा दिनहुँ गर्नुहुन्छ होला । त्यसो हो भने सावधान रहनुहोस तपाईलाई क्यान्सर हुन सक्छ ।

लगभग १५ बर्षको अनुसन्धान पछी स्विडेनका अनुसन्धानकर्ताहरुले दैनिक एक बोतल कोल्ड ड्रिंकको सेवनले पनि प्रोस्टेट क्यान्सर हुन सक्ने खतरामा वृद्धि हुने बताएका छन् । अनुसन्धानमा कोल्ड ड्रिंक नपिउनेको, तुलनामा दैनिक ३०० मिलिलिटर कोल्ड ड्रिंक्स पिउनेहरुमा प्रोस्टेट क्यान्सरको खतरा ४०% ले बढी रहेको पाइएको खबर डेलिमेलमा प्रकाशित भएको छ ।

डेलिमेलमा अगाडी लेखिएको छ की सबै भन्दा चिन्ताजनक कुरा त यो छ की शुरुवाति समयमा यसको बारेमा थाहा हुदैन । स्मरण रहोस क्लिनिकल न्युट्रिशनको अमेरिकी जर्नलमा प्रकाशित अनुसन्धानमा पहिलो पटक कोल्ड ड्रिंक्सलाई क्यान्सरसंग जोडिएको छ ।

४५ देखि ७३ बर्षका करिब ८ हजार मानिसमा गरिएको यो सोधमा तन्दुरुस्त व्यक्तिहरुलाई उनीहरुको खानपान को बिषयमा सोधेर सुरु गरिएको थियो । हाल आएर करिब १५ बर्षपछि यसको बिश्लेषण गरेर नतिजा सार्वजनिक गरिएको पनि खबरमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here