
रेकर्ड बनाउने आयोजनाका दौरान सबै कुकुरको दाँत चम्किएको थियो । सहभागीहरुले आयोजकहरुसंग यस कार्यलाई गिनिज वर्ल्ड रेकर्डमा राख्न पहल गर्न अनुरोध गरेका थिए ।
आयोजकहरुको भनाइलाई मान्ने हो भने यस्ता कार्यक्रमहरुले कुकुरहरुलाई किटाणुरहित माहोल बनाउन र कुकुरहरुलाई स्वस्थ बनाउन मद्दत पुग्छ । उनीहरुको भनाइ छ की मानिसहरु कुकुरको कपाल(भुत्ला) र उनीहरुको खाना-पानीमा त ध्यान राख्छन तर उनीहरुको दाँतको सफाईमा भने कसैको पनि ध्यान गएको हुदैन ।
आयोजकहरुले भनेका छन् "दैनिक कुकुरको दाँतको सफाई त सम्भव छैन । दैनिक गर्दा यो एकदमै कठिन काम हुन जान्छ तर सातामा एकपटक भने यसो गर्न सजिलै सकिन्छ ।"
आजसम्म नसुनिएको यस्तो घटना गिनिज वर्ल्ड रेकर्डमा रहन्छ की रहँदैन त्यो भने ३/४ महिना पछी मात्रै थाहा हुनेछ । तर हामी भने आयोजक र सहभागीहरुलाई शुभकामना दिन चाहन्छौं की यो रेकर्ड गिनिज वर्ल्ड रेकर्डमा रहोस ।
No comments:
Post a Comment