सेक्सले पनि राख्छ तपाईलाई स्वस्थ र सुखी ! - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सेक्सले पनि राख्छ तपाईलाई स्वस्थ र सुखी !

Share This

सेक्स मानिसको आधारभूत आबश्यकता हो । हरेक मानिस कुनै न कुनै रुपमा यौन कार्यमा सहभागी हुन्छन । हामी बिबाह पछी पति र पत्नीबिचको सेक्सलाई सामान्य रुपमा लिन्छौं भने बिबाहअगाडिको सेक्सलाई हाम्रो समाजमा नराम्रो कार्यको रुपमा हेर्ने गरिन्छ ।

के तपाईलाई थाहा छ की सेक्सले पनि स्वास्थ्य सुधार्न सक्छ ! हजुर तनाब, चिन्ता तथा अन्य रोगको औषधि सेक्स बन्न सक्छ । एक अध्ययनमा पत्ता लागेको छ की, स्वास्थ्यसंग सम्बन्धित केहि समस्याहरुको निराकरणमा नेचुरल थेरापीको रुपमा सेक्सलाई प्रयोग गर्न सकिन्छ ।

जो मानिसहरु नियमित सेक्स गर्छन, उनीहरुलाई रोग लाग्ने सम्भावना कम हुने मात्रै होइन कयौं अवस्थामा स्वास्थ्यमा सुधार पनि आउँछ । तर यसका लागि तपाईको पार्टनर संग हुने सेक्स भने स्वस्थ हुनु पर्छ । यसले तपाईको स्वास्थ्यमा सुधार ल्याउनुका साथसाथै तपाइको मुहारमा पनि चमकता ल्याउँछ ।

नियमित सेक्स गर्नेहरुको छाला चम्किलो हुनुका साथै कपाल पनि स्वस्थ र चम्किलो हुन्छ । नियमित सेक्स गर्नेहरुमा मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना पनि कम हुन्छ ।

अध्ययनमा रिसाहा प्रबित्तिका मानिसहरु डिप्रेसनको समस्याले ग्रस्त हुने र यसको उपचारमा सेक्सले महत्वपुर्ण भूमिका खेल्ने कुरा पनि निश्कर्ष निकालिएको थियो । अध्ययनमा भनिएको छ, सेक्सुअल रिलेशन राम्रो भएमा पति पत्नीको सम्बन्ध पनि राम्रो रहन्छ जसले गर्दा मानिसमा तनाब उत्पन्न हुने सम्भावना न्यून हुन्छ । यसले गर्दा मानिसमा डिप्रेशनको समस्या देखा पर्दैन र मानिस तनावमुक्त भइ खुशी र सुखी जीवनयापन गर्न सक्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here