चोर पनि इमान्दार, फिर्ता आयो चोरी भएको ओलम्पिक पदक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चोर पनि इमान्दार, फिर्ता आयो चोरी भएको ओलम्पिक पदक

Share This

सायद शिर्षक पढेर छक्क पर्नुभयो होला की चोरीको सामान फर्ता भयो भनेर । तर लण्डनमा यस्तै अनौठो घटना घटेको छ । लण्डनको एउटा डिस्कोथेकमा दुइओटा ओलम्पिक पदक चोरी भएको थियो । जसमध्ये एउटा हुलाकको माध्यमबाट फिर्ता गरिएको छ । हजुर चोरी भएकोमध्ये एउटा ओलम्पिक पदक खाममा फिर्ता पाइएको इंग्लिश हक्की कार्यालयका कर्मचारीहरुको भनाइ छ ।

सुत्रका अनुसार ब्रिटिश महिला हक्की खेलाडी हाना मार्कलन्डको पदक खाममा बन्द अवस्थामा इंग्लिश हक्की कार्यालयमा आयो । खाममा पठाउनेको ठेगाना लेखिएको थिएन । याद रहोस मार्कलन्ड र एलेक्स प्याट्रिड्जले बकिंघम प्यालेसमा महारानी एलिजाबेथ द्वितीय संग भेट गरिसकेपछि जितको खुशी मनाउदै गर्दा क्लबबाटै पदक चोरी भएको बताएका थिए ।

पुलिसको भनाइ छ की प्याट्रिड्ज र मार्कलन्डले क्लबमा आफ्नो ओलम्पिक ब्लेजर उतारेर राखेका थिए । जसमा पदक थियो । उनीहरु अन्य बिजेता खेलाडी साथिहरुसंग खुशी मनाइरहेका थिए । पहिला प्याट्रिड्जले आफ्नो पदक चोरी भएको कुरा ट्विटरमा खुलासा गरेका थिए । केहि समयपछि मार्कलन्डले पनि ट्विट गर्दै भनिन की मेरो पदक पनि त्यसै बेला चोरी भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here