आफ्नै देवर नै आफ्नो बाबु बनेपछि... - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आफ्नै देवर नै आफ्नो बाबु बनेपछि...

Share This

संसारमा बाँच्नुमात्रै पर्दछ अनेक देख्न पाइन्छ भन्ने कथन हामीले सुन्दै आएका हौँ । साच्चै बाँचीराखे अनेक देख्न र सुन्न पाइने नै रहेछ । आमाले छोरीको देवरसंग घरबार गरेर छोरीकै देउरानी बनेको सुन्नु त परै जाओस सोच्न पनि सकिदैन । तर भारतको हसनपुरमा यस्तै घटना घटेको छ भन्ने सुन्नमा आएको छ ।

करिब एक बर्ष पहिले आदमपुर थाना क्षेत्रकी एक महिलाको बिबाह खरकौंदा गाउँको पुरुषसंग भयो । बिबहपछी महिलाको देवर उनको माइतमा आउने जाने गर्न थाले । यस्तैमा पाँच बच्चाकी आमा आफ्नै छोरीको देवरप्रति यति लगाव राख्न थालिन की सम्बन्धको मतलब नै नगरी दस महिनाको प्रेममा संगै जिउने मर्ने बाचा गर्ने सम्ममा पुगिन । यतिमात्रै हैन दुवै घरबाट भागेर गए र बिबाह गरेर फर्केर श्रीमान श्रीमतीको रुपमा रहन थाले ।

यसकुरालाई लिएर गाउँमा ठुलै हंगामा मच्चियो । पंचायत भेला डाकियो । तर पनि महिलाले आफुलाई आफ्नो पति भन्दा छोरीको देवर नै प्यारो लागेको बताएपछि पंचायतले पनि यो सम्बन्धलाई स्वीकार गर्यो । यसरि उनि आफ्नै छोरीको देउरानी भएर एउटै घरमा बस्न थालिन । उनले आफ्नो पतिलाई हर्जानाको रुपमा पन्ध्र हजार रुपैयाँ पनि दिलाएकी छिन ।

अब आफ्नै देवरलाई बाबु भन्ने की आफ्नी आमालाई देउरानी भन्ने द्विविधामा परेकी छिन छोरीचाहिं । साच्चै बिचित्रको छ संसार ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here