जन्मबारबाट पत्ता लगाउनुहोस, कुन युवति कस्ती ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जन्मबारबाट पत्ता लगाउनुहोस, कुन युवति कस्ती ?

Share This

के तपाई कुनै महिलालाई चाहनुहुन्छ र उनको स्वभावको बारेमा जान्न चाहनुहुन्छ ? वा तपाई कुनै अन्जान युवतीसंग भेट गर्न जाँदै हुनुहुन्छ र उनको स्वभावको बारेमा जान्न चाहनुहुन्छ । अब तपाई कुनै पनि महिला वा कुनै पनि युवतिको स्वभावको बारेमा सजिलै जान्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईलाई तपाइले स्वभाव जान्न चाहनुभएको महिला वा युवतिको जन्मबार भने थाहा हुनुपर्नेछ ।

ज्योतिष शास्त्रका अनुसार साताको सातै दिन अलग अलग ग्रहको अलग अलग स्वामी हुन्छन जसले गर्दा जन्मदिन, ग्रह स्वामी तथा नक्षत्रहरुको आधारमा कुनै पनि व्यक्तिको स्वभाव र भविष्य बताउन सकिन्छ । ज्योतिषहरुका अनुसार जन्मबारको आधारमा कुनै पनि महिलाको स्वभाव कस्तो हुन्छ, भन्ने बारेमा आज हामी चर्चा गर्दैछौं । आउनुहोस जानौं जन्मबारको आधारमा कुन बार जन्मिएकी महिलाको स्वभाव कस्तो हुन्छ त :

आइतबार : सामान्यतय: आइतबार जन्म लिने महिलाहरु दानी, बलिया, चतुर, समयअनुसार घुलमिल हुन सक्ने प्रवृत्तिका हुन्छन भनेर ज्योतिष शास्त्रमा बर्णन गरिएको पाइन्छ ।

सोमबार : ज्योतिष शास्त्रका अनुसार सोमबार जन्मबार परेका महिलाहरु देख्नमा सुन्दर हुनुका साथै बुद्धिमानी, मधुरभाषी, शान्तिप्रिय(शान्त स्वभाव) र पुत्रवान हुने गर्छिन ।

मंगलबार : मंगलबार जन्म भएका स्त्रीहरुलाई ज्योतिष शास्त्रमा कठोर हृदय भएकी, झगडालु स्वभावका हुने बताइएको छ । मंगलबार जन्मिएका स्त्रीहरु देख्नमा दुब्ली-पातली देखिन्छन तर यिनीहरु शक्तिशाली र बलिया हुन्छन ।

बुधबार : ज्योतिष शास्त्रका अनुसार बुधबार जन्मिएका महिलाहरु माता सरस्वतिको कृपा प्राप्त गर्ने खालका हुन्छन । अर्थात् यिनीहरु विद्वान र बुद्धिमान हुन्छन । यिनीहरु देख्नमा सुन्दर हुनुका साथै कोमल र सद्गुणले पूर्ण हुन्छन । यति मात्रै हैन यिनीहरु कलाकार्यमा पनि कुशल हुन्छन ।

बिहीबार : ज्योतिष शास्त्रमा भनिएको छ की बिहीबार जन्मिने महिलाहरु उच्च शिक्षा प्राप्त गर्न सक्ने खुबीका हुन्छन । यसका साथै यिनीहरु राम्रो गुणले पूर्ण हुन्छन । यिनीहरुको भाग्यमा धनवान हुन लेखिएको हुन्छ । यिनीहरु शान्त स्वभावका, धैर्यवान, पुत्रवान र सुखी हुन्छन ।

शुक्रबार : यस बारमा जन्म लिने स्त्रीहरु चंचल स्वभावका हुन्छन । यी महिलाहरु बुद्धिमान र देख्नमा पनि सुन्दर हुन्छन । यदि यस दिनमा कालो बर्णमा जन्म लिनेहरु सौभाग्यशाली पनि हुन्छन । भन्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

शनिबार : शनिबार जन्मिएका महिलाहरुको बारेमा ज्योतिष शास्त्रमा भनिएको छ की यिनीहरु दुब्ली-पातली हुनुका साथै यिनीहरुको शरीरको उचाई पनि अन्यको तुलनामा केहि बढी हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार सबै ग्रहहरुको प्रभाव व्यक्तिहरुको चरित्र र भविष्यमा पर्दछ । कुण्डलीमा ग्रहहरुको स्थिति र एक अर्को ग्रहमा रहेको दृष्टि र प्रभावका कारण माथि बताइएका कुराहरुमा फेरबदल हुन सक्ने कुरालाई भने नकार्न सकिन्न ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here