सेक्स प्राकृतिक प्रक्रिया र अत्यावश्यक आवश्यकता पनि हो । यसका साथ साथै सेक्सले औषधिको रुपमा पनि काम गर्छ भन्दा कमैलाई मात्र बिश्वास लाग्ला । तर यो साँचो हो । हजुर नियमित सेक्सले तपाईको जीवनयापनमा प्रभाव पुर्याउँछ ।नियमित र स्वस्थ सेक्सले मानिसलाई निम्न आठ फाइदा गराउछन :
नियमित सेक्सले तपाईको आत्मविश्वास दरिलो बनाउँछ र तपाईको आत्मसम्मानमा पनि सुधार गराउँछ ।
नियमित सेक्सका कारणले तपाई आफुलाई कम तनावमा पाउनुहुन्छ । नियमित सेक्सले तनावलाई कम गराएर तपाईलाई डिप्रेसनबाट बचाउँछ ।
नियमित सेक्सले एक किसिमको व्यायामको रुपमा काम गर्नुका साथै यसले मोटोपन घटाउन पनि मद्दत गर्दछ ।
नियमित सेक्सले तपाईहरुबिचको दुरी घटाउन मद्दत गर्दछ । जसले गर्दा तपाईको सम्बन्धमा सुधार आउनुका साथै तपाईहरुबिचको सम्बन्ध अझ सुदृढ गाढा बनाउन मद्दत पुग्छ ।
नियमित सेक्सले प्रोस्टेट क्यान्सरबाट बचाउने कुरा त अनुसन्धानबाट नै प्रमाणित भैसकेको छ ।
नियमित सेक्सले मुटुसम्बन्धी समस्यालाई काम गर्नुका साथै रक्तसंचार प्रबाह पनि राम्रो गराउँछ ।
नियमित सेक्सले दैनिक जीवनमा हुने लामो समयको दुखाई जस्तै टाउको दुखाई आदिलाई पनि घटाउन मद्दत पुर्याउँछ ।
नियमित र स्वस्थ सेक्सले तपाईलाई स्वस्थ जीवनयापन गर्न र मिठो निन्द्रा पार्न पनि सहयोग पुर्याउँछ ।
Nice Tips
ReplyDelete