तिलको यी फाइदा जान्नुभयो भने तपाई पनि दिनहुँ प्रयोग गर्न थाल्नुहुनेछ तिल ! - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

तिलको यी फाइदा जान्नुभयो भने तपाई पनि दिनहुँ प्रयोग गर्न थाल्नुहुनेछ तिल !

Share This

धार्मिक दृष्टिकोणले महत्वपुर्ण तिल स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ र यसले औषधिको रुपमा पनि काम गर्छ भन्ने सायद कमैलाई मात्रै थाहा होला । तिल र तिलको तेल दुवै हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ । जाडोमा त यसको अझ बढी महत्व हुन्छ । जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ । सायद यसैले हुनुपर्छ माघे सक्रान्तीमा घ्यू चाकु र तिलको लड्डु खाने चलन अझै हाम्रो समाजमा रहेको पाइन्छ । तिलमा क्याल्सियम, आइरन, Oxalic acid, Amino Acid, प्रोटिन, भिटामिन बि, भिटामिन सि, तथा भिटामिन ईको मात्रा प्रचुर पाइन्छ । कालो र सेतो दुवै तिललाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । आउनुहोस जानौं तिलको केहि उपयोगिता :

  1. दैनिक दुइ चम्चा कालो तिललाइ चपाएर खाएपछी चिसो पनि खानाले पाइल्स पनि ठिक हुन सक्छ ।
  2. यदि तपाईको बच्चा सुतेको बेलामा ओछ्यानमा नै पिसाब गर्छ भने भुटेको कालो तिललाइ शख्खरसंग मिसाएर लड्डु बनाएर दैनिक सुत्नु भन्दा पहिले खुवाउनाले बच्चाले सुतेको समयमा पिसाब गर्दैन ।
  3. २०-२५ ग्राम तिललाई मजासंग चपाएर खाएपछी तातो पनि खानाले पेट दुखाईलाई राहत दिन्छ ।
  4. ५० ग्राम तिल भुटेर, धुलो परेर पिनेर चिनी मिलाएर खानाले कब्जियतलाई हटाउन मद्दत पुग्दछ ।
  5. खोकी लागेको बेलामा तिललाई मिश्रीसंग पानीमा उमालेर खाएमा शुख्खा खोकी ठिक हुन्छ ।
  6. तिल र तिलको तेलले चिनीरोग(मधुमेह)का बिरामीहरुलाई पनि फाइदा गर्छ । बिशेष गरि जाडोमा मधुमेहको बिरामीले तिल र तिलको सेवन गर्नु उत्तम हुन्छ ।
  7. जाडोमा तिल र शख्खर बराबरी मात्रामा मिलाएर लड्डु बनाएर दैनिक २ पटक १ १ ओटा लड़दुलाई दुधसंग मिलेर खानाले मानसिक दुर्बलता एबम तनाव हटाउन मद्दत पुग्छ । शक्ति पनि मिल्छ र कठिन शारीरिक परिश्रममा पनि स्वाँ स्वाँ हुदैन ।
  8. तिलको तेल एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । भाइरस र ब्याक्टेरियासंग शरीरको रक्षा गर्छ । यसैले जाडो समयमा तिलको सेवन गर्नु फाइदाजनक हुन्छ ।

त्यसैले विद्वान पाठकवर्गहरुमा बिनम्र अनुरोध गर्दछु, की भोलिको माघेसंक्रान्तिको अवसरमा पनि तिलको लड्डु खान भने नहिच्किचाउनु होला ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here