जाडोमा चिसोबाट यसरि बच्नुहोस - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जाडोमा चिसोबाट यसरि बच्नुहोस

Share This


आजभोली नेपालमा जाडो अत्यधिक बढेको छ । जाडोको प्रभाव केवल बृद्धवृद्धालाई मात्र नभएर युवाहरुलाई पनि पर्न सक्छ । त्यसैले जाडोमा लापरबाही गर्नु भन्दा केहि सावधानी अपनाएर आफ्नो सुरक्षा आफैं गर्नु राम्रो हुन्छ । जानौं केहि सुरक्षाका उपायहरु कसरि जाडोमा आफुलाई सुरक्षित राख्ने त ?

  • सम्भब भएसम्म घाम लागेपछि मात्रै घरबाट बाहिर निस्कनु उत्तम हुन्छ अन्यथा घरबाट निस्कनु भन्दा पहिला मोजा, स्कार्फ र न्याना कपडाहरु लागेर निस्कने गर्नु पर्दछ ।

  • यदि तपाई वाकमा जान चाहनुहुन्छ भने न्याना कपडाहरु लगाएर सुर्योदय भएपछीमात्रै निस्कनुहोस् तर निस्कनुभन्दा पहिले केहि पनि तातो पदार्थ जस्तै: तातो पानी को सेवन नगर्नुहोस ।

  • यदि तपाई बिरामी हुनुहुन्छ भने डाक्टरको सम्पर्कमा रहिरहनुहोस र आफ्नो रक्तचाप पनि समय समयमा जाँच गराउनुका साथै औषधि पनि समयसमयमा लिइराख्नुहोस ।

  • स्कुटर र मोटरसाइकल चलाउने व्यक्तिहरुले बिशेष गरि छातीमा हावा पर्न नदिने गरि कपडा तथा चेस्ट गार्डको प्रयोग गर्ने गर्नुहोस ।

  • ख्याल गर्नुहोस मापसे सेवन गरेर बाहिर ननिस्कनुहोस । खासगरि बृद्ध मानिसहरुले यो कुरामा ध्यान पुर्याउनुहोस ।

  • बच्चाहरुलाई चिसो कपडामा नराख्नुहोस । बच्चाको हातखुट्टा धुनका लागि तातो पानीको प्रयोग गर्नुहोस् ।

  • आइसक्रिम र कोल्डड्रिंक, सर्बत वा चिसो बियरको सेवन नगर्नुहोस ।

  • नुहाउनु पर्दा वा हात मुख धुँदा मनतातो पानीको प्रयोग गर्नुहोस ।

  • हातमुख धुने वा नुहाईसक्ने बित्तिकै छालामा कुनै कोल्ड क्रिमको प्रयोग गर्नुहोस ।

  • कपालमा चायाँ भएको अवस्थामा दैनिक नुहाउनु भन्दा तेल लगाउने र हल्का तातो पानीमा तौलिया भिजाएर पन्ध्र मिनेट टाउकोमा बेर्नुहोस ।

  • No comments:

    Post a Comment

    Post Bottom Ad

    contact e.enetnepal@gmail.com to Advertise here