यौन दुर्बलता हटाएर यौन क्षमतामा वृद्धि ल्याउने सजिलो तरिका


हामिले खाने हरेक किसिमको खानाले हाम्रो शरीर, दिमाग र मुटुमा कुनै न कुनै किसिमको असर (सकारात्मक र नकारात्मक दुवै ) गरिरहेको हुन्छ । यदि हामीले खाने खानामा उचित तत्वहरुको कमि छ, भने शारीरिक दुर्बलता मात्रै हैन, अन्य शारीरिक समस्याहरु पनि देखा पर्न सक्छन । यसले गर्दा तपाईको तनमन स्वस्थ रहन सक्दैन । जब तपाई स्वस्थ रहनुहुन्न, जब तपाईको तनमन शान्त हुन सक्दैन तब सेक्स ? सेक्सको पनि आनन्द तपाई लिन सक्नुहुन्न किनकि यौन दुर्बलताको प्रमुख कारण चिन्ता र कमजोरी नै हो ।

दैनिक जीवनमा मानिस आफ्नो भोजन पूर्ण रुपमा गर्न सक्दैनन । जसले गर्दा कयौं किसिमका बिरामी(रोग)ले मानिसलाई सताउन सक्छ । यस्तोमा मानिसहरुमा चिन्ता र कमजोरी दुवै बढ्छ । जसले गर्दा मानिस यौनको पुरा आनन्द लिन सक्दैन । त्यसैले हामी आज यस्ता कुराहरुको बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेका छौं, जसको नियमित सेवनले तपाईको सेक्स पावर बढाउन मद्दत गराउनुका साथै हाम्रो आहारलाई पनि सन्तुलित आहार बनाउँछ । आउनुहोस जानौं, त्यस्ता खानेकुराहरुको बारेमा जसले हाम्रो आहारलाई सन्तुलित बनाएर हाम्रो सेक्स पावर पनि बढाउँछ :

एक अनुसन्धानमा आएको नतिजाका अनुसार भिटामिन 'ई'को कमिले पुरुषहरु नपुंकसताको शिकार हुन पुग्छन, भने महिलामा स्तन सुक्ने अर्थात स्तन सानो हुने समस्या देखा पर्छ । जसले गर्दा महिलाहरुमा आफ्नो सुन्दरतामा कमि आएको महसुस हुन्छ । यदि यस्तो भएमा पनि मानिसले सेक्सको पूर्ण आनन्द लिन सक्दैन । यो कमिलाई पुरा गराउन भिटामिन ईको कमीलाई पूर्ति गराउनु पर्ने हुन्छ । जसका लागि तपाईले सी फूड, सागपात, टुसा उम्रेको गेडागुडी, राजमा, भटमास, आलस लगायतका खानेकुराको सेवन नियमित रुपमा गर्नु राम्रो हुन्छ ।

बदाम, किसमिस, काजु, दुध, शख्खर आदिलाई खानामा सामेल गराउनुहोस् । जसले गर्दा तपाईको शरीर सन्तुलित र शक्तिशाली तथा सुगठित हुनुका साथै यौन क्षमतामा पनि सकारात्मक असर पर्न थाल्दछ ।

आफ्नो खानामा सलाद तथा सागसब्जी उचित रुपमा प्रयोग गर्नुहोस । सलादमा लसुन, प्याज र अदुवाको पनि उचित मात्रामा प्रयोग गर्नुहोस । नियमित रुपमा हरियो र पत्तादार तरकारीको प्रयोगले तपाईको स्वस्थायामा मात्रै नभएर यौन क्षमतामा पनि सकारात्मक असर पर्छ ।

दुध, मख्खन, पनिर्, तथा घ्यु जस्ता पौष्टिक पदार्थहरुको पनि उचित मात्रामा प्रयोग गर्नु पर्दछ । यिनीहरुले पनि स्वास्थ्य र यौन क्षमतामा सकारात्मक असर गर्दछन ।

यसरि तपाई आफ्नो शरीर स्वस्थ राख्न सक्नुहुन्छ । उसो त मासुको सेवनले पनि यौन क्षमतामा सकारात्मक असर पार्दछ । तर शाकाहारी भएरै पनि तपाईले आफ्नो स्वास्थ्य र यौन क्षमतामा राम्रो सुधार गराउन सक्नुहुन्छ । हामीले आगाडी नै भनिसकेका छौं कि स्वास्थ्य राम्रो भएमा यौन क्षमता पनि राम्रो हुन्छ । स्वास्थ्य राम्रो हुन आवश्यक पर्छ सन्तुलित आहार । यसका साथसाथै दैनिक रुपमा योग तथा ब्यायामलाई पनि छोड्नु भने हुदैन ।

यस्ता खानेकुरा खानुहुन्छ भने होस् गर्नुहोस यस्ता खानेकुराहरुले तपाईको यौन क्षमतामा ल्याउछन ह्रास :

फास्ट फूड, पिज्जा, बर्गर जस्ता खानेकुराहरुको नियमित सेवनले तपाईको शरीरमा बोसो र मोटोपन बढाउनुका साथै तपाईको यौनक्षमतामा पनि नकारात्मक असर गर्दछ ।

यतिमात्रै हैन तारिएको,गालिएको तथा मसलाको भरपुर प्रयोग गरिएको खानाबाट बच्नुहोस । यस्ता खानाले पनि तपाईको सेक्स पावर घटाउँछ ।

जसरि धेरै खानु हानिकारक हुन्छ त्यसैगरि अत्यधिक डाइटिंग तथा अत्याधीक ब्रत पनि शरीरको लागि हानिकारक हुन्छ । यसले शरीरमा कमजोरी उत्पन्न गराउँछ । दिनभरिको आहारमा तपाईलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्यालोरी प्राप्त हुनु जरुरि हुन्छ । त्यसैले थोरै खानुस तर समयमा नै खानुहोस ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...