दूखी हुने कि खुसि हुने


कुनै दिनको कुरा हो । बादशाह अकबरको दरबारमा समस्त दरबारी, मन्त्रि आदि भारदारहरु उपस्थित थिए । केवल बादशाह मात्र ढिलो आएका थिए ।

सभासद भारदारहरु 'आज बादशाह आउन किन यति बिलम्ब गरिबक्सियो' भन्ने यस्तै खासखुस कुराकानी आपसमा गर्दै थिए । यत्तिकैमा शाही महलभित्रबाट दुइजना एकपछि अर्को गरि उहाँ आए । तिमध्ये पहिले आएकाले भन्यो कि "बादशाहकि आमाको मृत्यु भयो ।" यति भनेर उ गयो पनि । त्यसपछि लगत्तै अर्को मानिस सभामा आयो र सबैलाई सम्बोधन गर्दै भन्यो, "बधाई छ ! बधाई ! भर्खरै बादशाहलाई पुत्ररत्न पैदा भएको छ ।" यति भनेर उ पनि गयो । यस्ता प्रकारले दुईजनाले दुई किसिमको खबर सुनाएर गए ।

दुईजना लगालग आएर एउटाले शोक समाचार र अर्कोले खुश खबर सुनाएर फरक्क फर्के, अब हामीहरुले पिर मानेर रुने कि खुशियालिले हास्ने ? के गर्ने हो ? भन्ने बडो असमन्जसमा साराका सारा सभासदहरु परे । जब कसैलाई कुनै पनि उपाय सुझेन, तब सबैले मिलेर भने, "लौ बिरवल ! तिमि जे भन्छौ, त्यसै गर्ने ।" तब बिरवलले सबैको सुधबुध ठेगानमा आउने गरि भने, "हामी सबै बादशाहको बाटो हेरिरहौं, यदि बादशाह मुस्कुराउदै आइबक्सियो भने हामीहरु पनि खुशियाली मनाउन हासौंला, यदि बादशाह रुन्चे अनुहार लगाएर आइबक्सियो भने हामीहरु पनि पिर मानी टोपलेर रोइदिउला ।" बिरवलको यो सुझाब सुनी सबैले बिरवललाई धन्यबाद दिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...