
अनि उसले एकदिन गैर उक्त गरिबलाई समातेर भन्न लागि "हे जनाब ! मलाई दिन्छु भनेर वादा गरेको रकम (दस हजार) तुरुन्त चुपचाप देउ, नत्र कोर्रा खान तयार होउ ।" यस तरहले त्यो वेश्याले र्याखर्याख्ती पर्न थालेपछि बिचार त्यो गरिब खुब रोयो, करायो, बिन्ति बिसायो । परन्तु उस हरामजादीले पटक्कै छोडिन । अन्तत: केहि नलागेपछि आखिरमा दुबैजना शहरको कोतावालसंग गुहार मग्न गए । हामिदाले कोतावालसंग मेरा रकम दिलाईपाऊँ भन्दै बिन्ति गरी । कोतावालले पनि तुरुन्तै जाँचबुझ गर्यो । कुरा सहि नै निस्कियो ।
स्वयं उस गरिबले पनि "मैले एक रात यस्तो सपना देखेको कुरा साँचो हो र साथीलाई पनि यो कुरा सुनाएको हुँ ।" भनि स्वीकार गर्यो । बिचार कोतवालले पनि के गर्ने भन्ने निर्णय गर्न नसकी मन्त्रि बिरवलसंग सुझाब माग्ने बिचारले दुबैलाई साथ लिई बिरवल भएको ठाउँमा गयो । तुरुन्तै सबै कुरा बिरवललाई मजासित बेलिबिस्तार लगाईसकेपछी, फैसला गरिदिन पनि बिरवललाई बिनम्र अनुरोध गर्यो । बिरवलले पनि नखरमाउली चपरचण्डाल त्यस वेश्याको मुखमा मुस्कुराउदै हेरे र आफु अगाडिको टेबलमाथि बिछ्याएको सिसामुनी १०००/१०००का १० वटा नोट राखे र त्यो देखाउदै भने "यो सिसा नछोइकन ति दस हजार रुपियाँ लिएर जानु, यदि सिसा छोइयो भने राम्रो हुनेछैन ।"
तब हमीदाले भनि "हे प्रभु ! त्यो त सिसामुनी पो छ त ।" त्यसको त्यस्तो उत्तर पाउनासाथै बिरवलले उसलाई भने " त्यो गरिबले पनि तँलाई खाली सपनामा मात्रै देखेथ्यो र सपनामा नै वादा गरेको थियो त ।" बिरवलको यस्तो चातुर्य मिश्रित जवाफ सुनी वेश्य त्यहाँबाट जान तर्खरिएकि मात्र के थिई, फेरी बिरवलले भने "ए हमीदा ! तैले एउटा सिधासादा गरिबलाई बेकारमा हैरान र परेशान परेकी छस्, त्यसकारण तँलाई एक महिनासम्म यसै भलामानिसका साथ रहनुपर्ने संजाय गरिन्छ ।" 'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी' भनेझैं बिचरा १०,००० ठग्न गएकी वेश्या उल्टै उसै गरिबसंग मजबुरन एक महिनासम्म बस्नमा परी।
good story
ReplyDelete