ललितपुरको तस्वीरहरुको प्रर्दशनी 'हाम्रो ललितपुर राम्रो ललितपुर' शुरु

फागुन १२, काठमाडौं । फोटो पत्रकार असोक दुलालको तीन दिने फोटो प्रदर्शनी काठमाडौंको नेपाल पर्यटन बोर्डमा शनीबारबाट शुरु भएको छ । ‘हाम्रो ललितपुर, राम्रो ललितपुर’ शिर्षकका आयोजना गरिएको तस्वीर प्रर्दशनी नेपाल सरकारका अर्थमन्त्री बर्षामान पुनले उद्घाटन गरेका थिए ।
तस्वीर प्रर्दशनीको उद्घाटनपछि अर्थमन्त्री पुनले ललितपुर आफ्नो गृहजिल्ला रोल्पा भन्दा पनि दुर्गम लागेको र राजधानीसँग जोडिएर पनि ‘बत्ति मुनिको अँध्यारो’ जस्तै बनेको ललितपुरका पर्यटकीय भु–भागलाई तस्बिर मार्फत चिनाउन प्रदर्शनी आयोजना गरीएकोमा फोटोपत्रकार दुलाललाई धन्यवाद दिए । उनले थपे ललितपुरलाई संसारले चिने पनि जसरी चिन्नु पर्ने हो त्यसरी नचिनेका छैनन् । ‘ललितपुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘तर ललितपुरलाई समग्रमा चिनाउनु जरुरी थियो त्यो काम पुरा भएको छ ।’

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशीले ललितपुर जिल्लाको समग्र विकासका लागि आगामी दिनमाक्रियाशिल रहेर काम गर्ने वचनबद्धता व्यक्त गरे । ललितपुको विकाश र प्रचारप्रसारका लागि छिट्टै ललितपुर महोत्सवको आयोजना हुने बताए । कार्यक्रममा ललितपुर जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मिर्गन्द्रमान प्रधानलगायतको सहभागिता रहेको थियो ।
आगामी सोमवारसम्म चल्ले प्रदर्शनीमा पत्रकार दुलालले खिचेका ललितपुर जिल्लाको गाविसका ४१ र १ उपनरपालिकाका ६२ ओटा फोटो प्रर्दशनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका तस्विरको अवलोकन पश्चात ललितपुर घुम्ने इच्छा प्रवल हुने पत्रकार दुलालले बताए । दुलालको यो दोस्रो एकल प्रदर्शनी हो ।
राजधानीसँग जोडिएर पनि ‘बत्ति मुनिको अँध्यारो’ जस्तै बनेको ललितपुरका पर्यटकीय भु–भागलाई तस्बिर मार्फत चिनाउन प्रदर्शनी आयोजना गरीएको दुलालले बताए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...