सुरु भयो २०६९/२०७०को एसएलसी परिक्षा

बिद्यार्थी जीवनको महत्वपुर्ण परीक्षाको रुपमा हेरिने, फलामे ढोका मानिने एसएलसी परीक्षा आज चैत्र १ गते बिहीबारदेखि सुरु भएको छ। चैत्र ९ गतेसम्म चल्ने यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ जना परीक्षार्थी गरि जम्मा ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाका लागि देशभरीमा १ हजार ७ सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन विशेष रणनीति अपनाइएको छ।
प्रश्नपत्रको गोपनीयता भंग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा वा प्रवेश गर्ने प्रयत्न गरेमा, परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित काम गरेमा, अरुको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भंग हुने कुनै काम गरेमा कसुरको मात्रा हेरी १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयको दावी छ।
परिक्षाले विद्यार्थीको भविष्यमा असर पर्ने हुनाले परीक्षा अवधिभर बन्द, हडताल लगायतका कार्यक्रम नगर्न पनि परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबै पक्षसित आग्रह गरेको छ।
हामी पनि परिक्षा दिने सम्पूर्ण परीक्षार्थीलाई इनेटनेपालडटकम परिवारका तर्फबाट उज्ज्वल भविष्यको शुभकामना दिदै सफलताको कामना गर्दछौं। साथै आशा गर्दछौं कि परिक्षा अवधिभरि कुनै पनि दल वा संगठनले कुनै किसिमका बन्द, हड्ताल जस्ता कार्य गर्ने छैनन्

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...