
नयाँ बर्ष २०७० को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस्| २०६९ साल सँगै सम्पूर्ण नेपालीका मनबाट हिंसात्मक भावनाका साथै देशमा व्याप्त हत्या, हिंसा, आशान्ती जस्ता विकृतिहरु पनि हराएर जाउन र देशमा शान्ती छाओस,समयमै चुनाव होस्| देश संक्रमणकालमा नफसोस| देशमा तथा तपाईंहरु सबैको घर-गाउँमा शान्ती छाओस | नयाँ बर्ष २०७०ले सम्पूर्ण नेपाललाई साच्चै सुन्दर, शान्त र बिशाल बनाओस| यहाँहरु सबैमा नयाँ बर्ष २०७०को हार्दिक मंगलमय शुभकामना|
सधै स्वस्थ, ब्यस्त र मस्त रहन सक्नुहोस भन्ने कामनाका कामनाका साथ नयाँ बर्ष २०७० को पुर्व सन्ध्यामा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा हाम्रो ईनेटनेपालडटकम परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं|
तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ ?
कोहि बाहिर घुम्न गएर मनाउदै हुनु हुन्छ होला, कोहि परिवारसंगै बसेर मनाउदै हुनु हुन्छ होला । यस नयाँ बर्षलाई जहाँ बसेर जसरि मनाउदै हुनुहुन्छ खुसीसाथ मनाउनु होला । र आफु जहासुकै भए पनि यस नयाँ बर्षलाइ बिल्कुलै नयाँ बर्षको रुपमा खुसीसाथ मनाउनु होला । नेपालीहरु सधै शान्तिसंग बस्न पाउन, नेताहरुमा सत्बुद्धि पलाओस र समयमै चुनाव गराउन सकुन । यहि छ सम्पूर्ण नेपालीहरुमा हाम्रो नववर्ष २०७०को शुभकामना !
No comments:
Post a Comment