
हुन त बिबाहमा मामाले भान्जा/भान्जीलाई बोकेर जग्गे घुमाउने, अन्माउने र बिदा गर्ने जस्ता कार्य त नेपालकै बिबाहमा पनि गर्ने गरिन्छ तर भारतको छात्तिसगढ़को ग्रामिण क्षेत्रमा आज पनि बिबाहको समयमा एक अनौठो परम्परा निभाईन्छ।
सामान्यतया बयलगाढालाइ दुइवटा साँढे अर्थात बयलले तान्ने गर्छन। तर छात्तिसगढ़को ग्रामिण क्षेत्रमा आज पनि बिबाहको समयमा एक यस्तो अनौठो परम्परा निभाईन्छ, जसमा बयलको ठाउँ दुलहाका फुपाजु र भिनाजुले लिन्छन। दुलहाका फुपाजु र भिनाजुले दुलहा सवार भएको बयल गाढा तान्छन र घरसम्म पुर्याउछन। आदिमकाल चल्दै आएको यो परम्पराको बिषयमा कसैले सोध्यो भने यो परम्परालाई अहिलेसम्म सबै गाउँले मिलेर जोगाइराखेका र अगाडी पनि जोगाइराख्ने प्रतिबद्दता व्यक्त गर्छन गाउँलेहरु।
No comments:
Post a Comment