हुम्लामा गोमा एयरको विमान दुर्घटना

१३ जेठ । हुम्लाको सिमिकोट विमानस्थलमा गोमा एयरको विमान सामान्य दुर्घट्ना भएको छ ।  दुर्घट्नामा मानवीय क्षति नभएपनि विमानमा सामान्य क्षति पुगेको छ । विमानमा ९ जना यात्रु थिए ।

गोमा एयरका अप्रेशन म्यानेजर प्रमोद शर्माले विमान अवतरणका क्रममा विमानको टायर पन्चर भएपछि अगाडीको पंखाले भुइ छोएको जानकारी दिनुभयो । नेपालगंजबाट यात्रु र सामान लिएर उडेको ९ एन ए जेयू कल साइन बिमान बिहान १० बजेर ३५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्न लाग्दा विमानको दायाँ चक्का पन्चर भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...