चुनावका विषयमा सहमति जुटाउन सरकारले दलहरुसँग परामर्श थाल्यो

१ जेठ । । चुनावसम्बन्धी कानुन तथा चुनावको मिति तोक्ने विषयमा सहमति जुटाउन सरकारले दलहरूसँगको परामर्शलाई तीब्रता दिएको छ ।
चुनावसम्बन्धी कानुन र चुनावको मितिबारे सरकारले मंगलबार नेकपा एमालेसँग छलफल गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समानुपातिक सिट संख्या, थ्रेसहोल्ड, चुनाव क्षेत्र निर्धाण आयोग र चुनावको मितिबारे परामर्श भएको थियो । छलफलमा नेकपा एमालेले ठूला दलहरूबीचको ११ बुँदे सहमतिमै समानुपातिक सिट संख्या, थ्रेसहोल्डका विषयमा सहमति भइसकेकाले सहमतिबाटपछि हट्न नसकिने धारणा राखेको थियो । एमालेले निर्वाचन ऐनमा सहमति भइसकेपछि मात्र चुनावको मिति घोषणा गर्न सुझाव पनि दिएको छ । छलफलमा एमालले जन्मको आधारमा नागरिकता वितरण गर्ने दलहरूबीचको सहमति विपरित नागरिकता वितरणमा अनियमितता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । एमाले नेताहरूले निष्पक्ष र स्वतन्त्र चुनावलाई बाधा पु¥याउने किसिमका पूर्व सरकारको राजनीतिक नियुक्ति खारेज गर्नुपर्नेसमेत माग गरेका छन् । यसअघि चुनावसम्बन्धी एजेन्डामा दलहरूसँग सरकारले सामूहिक छलफल गरेपनि ठोस निष्कर्ष नआएपछि छुट्टाछुट्टै छलफल गरेको हो । छलफलमा अध्यक्ष खिलराज रेग्मीसहित सरकारी वार्ता टोलीका सदस्य र एमालेबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, विष्णु पौडेल, भिम रावल र अग्नी खरेललगायत सहभागी हुनुहुन्थ्यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...