मिति तोक्नु भन्दा निर्वाचनको वातावरण बनाउनुपर्छः महामन्त्री सिंह

४ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले निर्वाचनको मिति तोक्नुभन्दा पहिले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस १० न. वडा इकाई समितिले गरेको चियापान कार्यक्रममा महामन्त्री सिंहले निर्वाचनको वातावरण तयार नभै चुनावको मिति तोक्दा चुनाव विथोल्न चलखेल बढ्ने दावी गर्नुभयो । महामन्त्री सिंहले स्वच्छ निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न गैर दलिय व्यक्तिको नेतृत्वमा सरकार गठन गरेको भन्दै निष्पक्ष निर्वाचनको लागी पुर्ववर्ति सरकारले गरेका राजनैतिक नियुक्ति खारेज गर्नुपर्ने माग गर्नुभयो । महामन्त्री सिंहले संविधान निर्माण गर्न सकेमात्र राजनितिक स्थायीत्व हुने भन्दै संविधान निर्माणको लागी जतिसक्दो चाडो चुनाव सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । उहा“ले संघियताको प्रस्ताव ल्याउने नेपाली कांग्रेसलाई नै संघियता विरोधी देखाएर माओवादीले कुप्रचार गरेको आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...