मजदूर आन्दोलनका कारण पेट्रोलियम पदार्थको चरम अभाव

१० जेठ ।   पेट्रोलियम मजदुरको आन्दोलनका कारण पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । सुविधा बढाउन माग गर्दै मजदुरहरूले गरेको हड्तालका कारण बिक्रि वितरण ठप्प हुँदा यातायातका साधन प्रभावित भएका छन् ।
पेट्रोलियम पदार्थको अभावमा यातायातका साधन फाट्ट–फुट्ट मात्र चलेका छन् भने कालोबजारी समेत सुरु भएको छ । पेट्रोलियम मजदुर समितिले मजदुरको पुरानो सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै जेठ १ गतेदेखि चरणबद्ध आन्दोलन थालेको हो । यसअघि २०६६ मंसिर १७ गते नियुक्तिपत्र, न्यूनतम तलव, बिमा र सञ्चयकोषलगायतका विषयमा पेट्रोलियम व्यवसायी र मजदुरबीच सहमति भएको थियो । पूर्वाञ्चलमा पाँच सय पेट्रोलपम्प सञ्चालनमा छन् । जसमा करिब पाँच हजार मजदुर कार्यरत छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...