पूर्व सभासद् मियाँहक हत्याको विषयमा छानविन गर्न टोली गठन

८ जेठ । पूर्वसभासद् सदरुल मियाँहकको हत्याको विषयमा छानविन गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दिनकर शमशेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरको छ ।
सरकारले राणाको संयोजकत्वमा प्रहरीका पूर्वाञ्चल प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका पूर्वाञ्चल निर्देशक सदस्य रहनेगरी छानबिन टोली गठन गरेको हो । टोलीलाई सात दिनको समयसीमा दिइएको छ । गएराति सप्तरीको कल्याणपुरको बिसनपुर चोकस्थित आप्mनै पेट्रोल पम्पमा अज्ञात समूहले घाँटीमा धारिलो हतियार प्रयोग गरी पूर्वसभासद् हकको हत्या गरेका थिए । हत्याको विरोधमा स्थानीयले मंगलबार दिनभर राजमार्ग अवरुद्ध गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गर्न माग गदै प्रदर्शन गरे ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...