रातो मच्छिन्द्रनाथको रथ कृष्ण मन्दिर लगियो

१ जेठ । वैशाखशुक्ल तृतीयामा सुरू भएको रातो मच्छिन्द्रनाथको रथ गाबहालबाट पाटनको कृष्ण मन्दिरमा लगिएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा करिब एक हजार ६ सय वर्ष पुरानो र नेपालमा मनाइने जात्रापर्वहरूमध्ये सवैभन्दा लामो मानिन्छ । यो जात्रा वैशाखशुक्ल तृतीयामा सुरू भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने परम्परा रहेको छ । हिन्दू धर्मावलम्बीहरुले मच्छिन्द्रनाथलाई अन्नका देवता तथा करुणामयको रुपमा पुज्ने गर्दछन् । बौद्ध धममा समेत ‘पद्मपाणि अर्थात् पञ्च बुद्धमध्येका चौथो बुद्ध का रूपमा मच्छिन्द्रनाथको महिमा रहेको पाइन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...