च्याम्पियन्स लिगको उपाधि बार्यन म्यूनिख लाई

१२ जेठ । जर्मनी क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
वेम्बले स्टेडियममा गएराति सम्पन्न भएको फाइनल खेलमा बार्यन म्युनिखले घरेलु प्रतिद्धन्दी बोरुसिया डर्टमुण्डलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गदै उपाधी माथि कब्जा जमाउन सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । म्युनिखका अर्जेन रोविनको दुई सशक्त प्रहार बोरुसियाका गोल रक्षकले असफल पारेका थिए भने बार्यनका गोल रक्षकले रोबर्टो लेभान्डोस्सीको प्रहार रोकेका थिए । खेलको ६० औ मिनेटमा बार्यनका लागी मारियो मान्डजुकिकले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा बोरुसियाले पेनाल्टी हान्ने मौका प्राप्त ग¥यो । यो अबसरलाई इके गुन्डोगनले सदुपयोग गदै गोल गर र खेललाई एक—एक गोलको बराबरीमा ल्याए । खेलको ८९ औं मिनेटमा अर्जेन रोविनले गोल गर्दै बार्यन म्युनिखलाई उपाधि दिलाएका हुन् । त्यसपछि खेलमा थप गोल भएन र खेल बार्यन म्युनिखले दुई—एक गोल अन्तरले जित्यो ।  बार्यन म्युनिखको यो पा“चौ उपाधि हो । सन् २०१० र २०१२ को फाइनलमा भने बार्यन म्युनिख पराजित भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...