किराँत राई समुदायले मनाउने उभौली साकेला पर्व शुरु

११ जेठ । पुर्वी पहाडमा बसोवास गर्दै आएका किराँत राई समुदायले मनाउने उभौली साकेला पर्व शनिबारबाट शुरु भएको छ ।

 किराँत राईको बाहुल्यता रहेको भोजपुरमा किराँत राईहरुले उभौली साकेला पर्व धुमधामका साथ मनाउदै छन । राईहरुले बैशाख र मंसिर पूर्णिमामा बर्षको दुई पटक सम्म साकेला पर्व मनाउंछन् । पुर्णिमाको दिन देखि प्रकृतिको पुजा गर्दै १५ दिन सम्म मिठो भोजन खाई ढोल र झयाम्टाको तालमा चण्डी नाचेर उभौली पर्व मनाउने गरिन्छ । साकेलाको अवसरमा किरात राईहरुले आफ्नो पुर्खाहरुको सम्झनामा घरको चुल्हो र अन्नभकारीमा कुखुरा काटेर बली दिने गर्छन । अन्नवाली धेरै फलोस किरा फट्याङग्रा , रोगव्याधी नलागोस भनी प्रकृतिलाई उनीहरुले पुज्ने गरेका छन् । किरात राईहरुले अन्न लगाउने समय बैशाखे पुर्णिमा उभौली र भित्र्याउने समय मंसिरे पुर्णिमा उधौली साकेला मनाउंछन् । बैशाखे उभौली साकेला पर्व किरात राईहरुको बाहुल्यता रहेको खोटाङ्ग, उदयपुर, सोलुखम्बु र ओखलाढुङगा जिल्लामा पनि धुमधामसंग मनाउने गरिन्छ । यस्तै उभौलीको अवसरमा काठमाडौँ उपत्यकामा रहेका किँरात राई हरुले पनि विशेष कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...