उपराष्ट्रपति झाले गर्नलागेको चिनको भ्रमण मन्त्रिपरिषद बैठकबाट स्वीकृत

१४ जेठ । उपराष्ट्रपति परमानन्द झाले यही जेठ २१ देखि २५ सम्म चिनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
 प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा मंगलबार बसेको बैठकले उपराष्ट्रपतिको भ्रमणलाई स्वीकृति प्रदान गरेको हो ।  मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालय अन्तरर्गत स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, क्षत्रीय तालिमकेन्द्रहरु धनकुटा, पथलैया, पोखरा, सुर्खेत र धनगढीमा समान्य प्रशासन मन्त्रालयको सुझाव अनुसारको दर्वन्दी हेरफेर तथा संगठन संरचना प्रस्ताव स्वीकृत गरेको छ । यसै गरी मन्त्रीपरिषदले औषधी व्यवस्था विभाग र अन्तरर्गतका कार्यालयहरुको पनि दरवन्दी हेरफेर गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गत उदयपुर जिल्ला अस्पताल र रामेछापको डडुवा गाविस उपस्वास्थ्य चौंकीमा पनि दर्वन्दी हेरफेर गर्ने निर्णय गरेको छ । आजेक मन्त्रिपरिषद बैठकले उद्योग मन्त्रालयले प्रस्ताव गरेको प्राइभेट फर्म रजिष्ट्रेसन नबौं संसोधन नियमावली स्वीकृत गरी विधेयक समितिमा पठाएको छ । मन्त्रिपरिषद बैठकले नेपाल–भारतको संयुक्त सैन्य सगरमाथा आरोहण तथा सरसफई दलले गर्न लागेको कार्यक्रममा भाग लिन भारतीय स्थल सेनाध्यक्षलाई  निमन्त्रणा पठाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषदले टिमोर लेष्टेमा साउन आठ देखि १० सम्म हुने एन्टी करप्सन इनिसिएटिभ फर एसिया प्यासिफिक विषयको रिजनल स्टेरिङ ग्रुप बैठकमा भाग लिन अख्तियारका आयुक्त केशवप्रसाद बराललाई पठाउने निर्णय गरेको छ । यस्तै जेनेभामा हुने यूएन कमिसन अन साइन्स एण्ड टेक्नोलोजीको १६ औं अधिवेशन तथो इन्फर्मेसन सोसाइटी सम्बन्धी मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट जेनेभास्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि तथा स्वीटजरल्याण्डका रादुतलाई सहभागि हुन अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यही जेठ २७ देखि असार एक सम्म लेखा परिक्षणको विधिसम्बन्धी अध्ययन भ्रमणमा जान महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई स्वीकृति प्रदान गरेको छ ।  

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...