रेग्मीलाई मन्त्रीपरिषद् अध्यक्ष बनाउनुको कारण माग्यो सर्वोच्चले

१३ जेठ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउनुको कारण माग गरेको छ ।

अधिवक्ता सुवास आचार्यद्वारा दायर रिटमाथि सोमबार सुनवाई गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले चैत १ गते जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश पेश गर्न पनि आदेश दिएको छ । प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु र बाधा अड्काउ फुकाउनु असंवैधानिक भएको भन्दै अधिवक्ता आचार्यले गएको चैत ४ गते सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...