चुनावसम्बन्धी अध्यादेशमा सहमति जुटेपछि मात्र मिति घोषणा गर्ने सहमति

१७ जेठ । उच्चस्तरीय राजनीतिक संयन्त्रमा चुनावसम्वन्धी अध्यादेशमा सहमति जुटेपछिमात्र मिति घोषणा गर्ने सहमति भएको छ ।
संयन्त्रको विहीबार नयाँबानेश्वरमा बसेको बैठकले अध्यादेश चुनावको सबैभन्दा महत्वपूर्ण विषय भएको निष्कर्ष निकाल्दै अध्यादेशको टुङ्गो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।संयन्त्रको विहीबारको बैठकले निर्वाचनसम्वन्धी कानूनलाई अन्तिम रुप दिन सुझाव समिति गठन समेत गरेको छ । समितिमा एकीकृत नेकपा माओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, नेपाली कांग्रेसका  रामशरण्ँ महत र मिनेन्द्र रिजाल, एमालेका रघुजी पन्त र अग्नि खरेल तथा मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव रहेका छन् । थ्रेसहोल्ड, फौजदारी अभियोग लागेका ब्यक्ति उमेद्वार बन्न पाउने नपाउने, संविधानसभाको आकार, समानुपातिक ब्यवस्था लगाएतका विषयहरुमा ठूला दलहरुबीच अझै एकमत बन्न सकेको छैन । त्यस्तै विहीबारको बैठकले तोकिएको समयमा नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिभुवन विश्वविद्यायालय र विद्यार्थी संगठनहरुलाई आग्रह पनि  गरेको छ ।











0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...