सिरियामा सेना र विद्रोहीबीच भिडन्त, ७० जनाको मृत्यु

६ जेठ । सिरियाको कुसेर शहरमा सेना र विद्रोहीबीच भएको भिडन्तमा ७० जनाको मृत्युभएको छ ।

अन्य चार सय ४० जना घाइते भएका छन् । मृतकमध्ये केही सर्वसाधारणसमेत रहेका छन् । सरकारी पक्षले भिडन्तमा लेबाननका केही लडाकुसमेतको संलग्नता रहेको आरोप लगाएको छ । सरकारी सेनाले विद्रोहीको कब्जामा रहेको कुसेर शहर आफूहरूले आप्mनो कब्जामा लिएको दाबी गरेको छ । विद्रोही पक्षका लागि लेबानान तर्फ जाने र आउने मुख्य नाका भएकाले कुसेर शहरलाई आफनो कब्जामा लिन विद्रोहीहरूले पुनः आक्रमण गर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...