डेभिड बेकह्याबाट फुटबलबाट सन्यास लिने घोषणा


३ जेठ । इंग्ल्याण्डका पूर्वकप्तान डेभिड बेकह्यामले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।
 ३८ बर्षीय बेकह्यामले यो सिजनको अन्त्यबाट फुटबल खेलबाट सन्यास लिएका हुन् । २० वर्षसम्म फुटबल खेल जीवन बिताएका बेकह्यामले इंग्ल्याण्डका लागि १ सय १५ खेल खेलेका छन् । उनले म्यानचेष्टर युनाइटेडका लागि ३ सय ९४ खेल खेलिसकेका छन् । त्यतिबेला म्यान्चेस्टर युनाइटेडले ६ पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । पेरिस सेन्ट जर्मेनले हालै जितको लिग वानको उपाधिसँगै बेकह््यामको ट्रफी १९ पुगेको छ । बेकह्याम ४ देशको लिग जित्ने एक मात्र बेलायती खेलाडी हुन् । सन् २००३ मा बेकह्याम म्यानचेष्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए । बेकह्याम रियल म्याड्रिडमा रहँदा म्याड्रिडले २००७ मा ला लिगाको उपाधि जितेको थियो । त्यसपछि बेकह्याम एलए ग्यालेक्सीमा आबद्ध भए । गत जनवरीमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग ५ महिने सम्झौता गरेका बेकह्यामले क्लबबाट आएको रकम च्यारिटीमा खर्च गर्ने भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...