एक रातमा ४० हजार डलर, फिल्म फेस्टिवलको आडमा सेक्स अपराधको धन्दा

१५ मे देखि सुरु भएको ६६ औं कान्स फिल्म फेस्टिवल २६ मे सम्म चल्छ। प्रत्येक वर्ष हुने यो फिल्म फेस्टिवल चर्चित स्टारहरुको मुभी प्रिमियरको लागि प्रख्यात छ। तर यस फेस्टिवलको केहि कालो पक्षहरुतिर भने क्यामेराको लेन्स र अरुको दृस्टी सायदै पर्छ।
तर 'द हलिउड रिपोर्टर' म्यागेजिनले भने धमाकेदार फिल्म फेस्टिवलको वरिपरी बढी रहेको यस्तो उप-संस्कृतिको खुलासा गराएको छ जसमा यौनको खेल भनौ या धन्दा हुन्छ। म्यागेजिनको समाचारलाई मान्ने हो भने फिल्म फेस्टिवल हुने क्षेत्र वरपर सेक्स गेमको धन्दा हुन्छ। जसमा सेक्स वर्करहरुले एक रातमा ४० हजार डलरसम्म कमाउने गर्छन।
फिल्म फेस्टिवलको अवसरमा बेश्यावृत्तिको धन्दामा संग्लग्न यी महिलाहरुलाई स्थानीयहरु महंगा कल गर्ल्स भन्छन। यी महंगा कल गर्ल्सले एक रातको लागि औसतमा ४ हजार डलर चार्ज लिन्छन। यद्यपी यिनीहरु भन्दा कम चार्जमा पनि बेश्याहरु पाइन्छन। जो घन्टाको ५० देखि १०० डलरको आसपासमा रकम असुली गर्छन।
१० लाख डलर बराबरको सुन चोरी
जसमध्ये फ्रान्समा भैरहेको बिश्वबिख्यात फिल्म फेस्टिवल कान्स फिल्म फेस्टिवलको अवसरमा उक्त सहरमा लाखौं डलरको गहना चोरी भएको छ। स्थानीय प्रहरी नै स्विकार्छन कि फिल्म फेस्टिवलको समयमा होटलको एउटा कोठाबाट स्विजरल्याण्डको गहना निर्माता कम्पनीले बनेको १० लाख डलरबराबरको गहना चोरी भएको थियो। चोरी भएको गहना फिल्म फेस्टिवलको अवसरमा रेड कार्पेटमा हिड्ने प्रसिद्ध कलाकार(हस्ती) हरुका लागि ऋणमा लिन लागिएको थियो।
चोरीको यो घटना कान सहरको लगभग मध्यतिर रहेको नोवोटेल होटलमा भएको थियो। गहना निर्माता कम्पनीका एक कर्मचारी यसै होटलमा बसिरहेका थिए। प्रहरीका अनुसार लुटेराहरुले उक्त कर्मचारीको कोठाको ताला फोरेर कोठामा छिरेर सेफ खोलेर त्यसमा राखिएका गहनाहरु लुटेर फरार भएका हुन्।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...