पुल निर्माणमा अनियमितता

३ जेठ । रौतहटको कटहरियास्थित बक्रैया नदीमा निर्माण भइरहेको पुलमा गुणस्तरहीन सामग्रीको प्रयोग भएको भेटिएको छ ।
 रौतहटको कटहरियादेखि सन्तपुर दोस्तिया जोड्ने पुल निर्माणाधीन अवस्थामै ढलान फुट्न थालेपछि गुणस्तरहीन सामग्रीको प्रयोग भएको खुलासा भएको हो । पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरेकाले ढलान गरिएका २ वटै पुलको अधिकांश भाग फुटिसकेको छ । स्थानीय केही व्यक्तिहरुलाई आर्थीक प्रलोभनमा पारी ठेकदारले गुणस्तरहिन सामग्री प्रयोग गरी निमार्ण गरिरहेको स्थानीय बासिन्दाको गुनासो छ । ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनका सुपरभाईजर राज किसोर सिहले पुलको ढलान फुटेको स्वीकार गर्दै पुन ढलान गर्ने बताएका छन् । २ सय ४० मिटर लम्बाई रहेको पुलको दाया बाया करिब डेढ किलोमिटर डयाम निमार्ण बालुवा र माटोबाट निमार्ण गरिएकोले भत्कन थालेको स्थानीयले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...