सिद्धिचरण श्रेष्ठको जन्म जयन्ति मनाइँयो

८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय २ औ जन्मजयन्ति विभिन्नका कार्यक्रम गरी मनाइएको छ ।

युगकवि श्रेष्ठको १ सय २ औ जन्मजयन्तिको अवसरमा आज विहान न्युरोड स्थित ओमबहालमा रहेको सिद्धिचरण श्रेष्ठको शालिकमा माल्यापर्ण गरिएको छ । माल्यापर्ण पछि परिणत सभामा विभिन्न साहित्यिक श्रष्टाहरुले साहित्यमा सिद्धिचरणको योगदान वारे चर्चा गरेका छन् । समारोहमा साहित्यकार डा. अभि सुवेदी, मोदनाथ प्रसित लगायतका साहित्याकारहरुको सहभागीता रहेको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक सिद्धिचरण श्रेष्ठको जन्म ओखलढुङ्गा जिल्लामा वि.स. १९६९ मा भएको थियो । उनको वि.स.२०४९ जेठ २२ गते काठमाडौमा देहवसान भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...