गल्फ प्रतियोगिताका विजेता शिवराम श्रेष्ठ सम्मानित


५ जेठ । सूर्य नेपाल मास्टर्स गल्फ प्रतियोगिताका विजेता शिवराम श्रेष्ठलाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।
 नेपाल गल्फ संघले रोयल नेपाल गल्फ कोर्समा शनिबार शिबरामलाई सम्मान गरेको हो । गल्फर शिबराम श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिशदका सदस्य सचिब युबराज लामा, नेपाल गल्फ संधका अध्यक्ष मधुकर याकथुम्बा र कराते माहसंधका दावा गुरुङले शिबरामलाई सम्मान गरे । क्याडियडका रुपमा रोयल नेपाल गल्फ कोर्श पुगेका शिबराम श्रेष्ठ हाल नेपालका नम्बर एक गल्फर हुन् । गोकर्ण फरेष्ट गल्फ कोर्समा यसैसाता सम्पन्न प्रतियोगितामा भारतीय गल्फर अविजित सिंह चढ्ढालाई प्ले अफमा एक स्ट्रोकले पछि पार्दै शिवरामले उपाधिमाथि कब्जा जमाएका थिए । शिवराम सूर्य नेपाल मास्टर्स गल्फको उपाधि जित्ने दोस्रो नेपाली गल्फर हुन् । यसअघि सन् २००७ मा दीपक थापा मगरले यो उपाधि जितेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...