राजधानीका मासु पसलमा आकस्मिक छापा, मापदण्ड विपरीत मासु विक्री

१० जेठ । पशुसेवा विभागले राजधानीका विभिन्न स्थानका मासु पसलमा आकस्मिक छापा मारेको छ ।
पशु सेवा विभागका महानिर्देशक डा नरबहादुर रजवारको संयोजकत्वको टोलीले काठमाडौको टेकु र ललितपुरको लगनखेल र भैसेपार्टीका विभिन्न मासु पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा मरेका पशुको सिनोलाई मासुको रूपमा बेचेको पाइएको अनुगमन टोलीका एक सदस्यले जनाउनुभयो । अनुगमनमा सहभागि उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँले उपत्याकाका मासु पसलले मासुका नाममा मन्द बिष बेचिरहेको आरोप लगाउनुभयो । मरेको पशुको सिनो बेचिएको, भैसीका आन्दा पेलेर ममःको लागि मासु तयार गर्न लागिएको फेला परेको अनुगमन टोलीले जनाएको छ ।  कुनै पनि मासु पसलले मापदण्ड पूरा गरेको नदेखिएकाले उनीहरुलाई मापदण्ड पुरा गरी मासुको व्यपार गर्न निर्देशन दिइएको छ अन्यथा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...