मण्डला नाटकघरमा बाल नाटक महोत्सव सुरु


७ जेठ । विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीलाई रङगमञ्चमा अब्बल बनाउने उद्देश्यले मंगलबारबाट बालनाटक महोत्सव सुरु भएको छ ।

रङगमञ्चमा सक्रिय युवाहरुको संयुक्त प्रयासमा नाटक महोत्सव सुरु भएको हो । जेठ १२ गते सम्म चल्ने महोत्सवमा विभिन्न ५ विद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गर्ने छन् । गएको फागुन महिनामा राष्ट्रिय बाल नाटक महोत्सवमा प्रदर्शन भएका १४ वटामध्ये उत्कृष्ट ६ वटा नाटक महोत्सवमा प्रदर्शन गरिनेछ ।

पहिलो दिन फूल राईट स्कूल भक्तपुरको नाटक ‘पोशाक’ प्रदर्शन गरिएको छ । अनामनगरस्थित मण्डला नाटक घरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले कला र संस्कृतिका नाममा ठुलो रकम दुरुपयोग हुने गरेको बताउनुभयो । कला र संस्कृतिका क्षेत्रमा सक्रिय सरकारी संस्थामा समेत विनियोजित बजेटको ९० प्रतिशत भन्दा धेरै रकम तलब र भत्तामा मात्रै खर्च हुँदा कला क्षेत्रको अपेक्षित विकास हुन नसकेको उहाको तर्क थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...